
काठमाडौं । एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
आईतवार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आईतवार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले राईमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को बिरुद्धमा ८५२ जना जाहेरवालाहरुले वचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताउनु भयो ।
त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताउनु भयो । उहाँले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मिति २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ । प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ दुई तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ । खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो । २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ । उमेर ४९ वर्ष रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस ८ रहेको छ । २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको । २०५२ भदौ तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको हुनुहुँदो रहेछ । बरामद सामग्रीहरुमा सामसुङ कम्पनीको मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र सिम थान ६ रहेको छ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी रु.१,५१,८५,५२,०२७.१९÷– ( १ अर्ब एकाउन्न करोड पचासी लाख बाउन्न हजार सत्ताईस रुपैयाँ उन्नाइस पैसा) रहेको खुल्न आएको । यो थपिने क्रममा रहेको । ८२०८०।०४।०१ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको । उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भन्ने बुझिन आएको ।’
लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच