कालीकोट । पोलियोविरुद्धको आइपीभी खोप अभियान अन्तर्गतकालीकोटका ७ हजार ३ सय ५७ जना बालबालिकालाई खोप लगाइएको छ । जेठ १३ गतेदेखि १९ गतेसम्म विभिन्न दुई चरणमा लगाइएको खोपमा ७ हजारभन्दा बढी बालबालिकाले यो खोप लगाइएको हो ।
कालीकोटका नौवटा स्थानीय तहमध्ये जिल्लाको खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नहरीनाथ गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकामा जेठ १३ गतेदेखि १५ गते सम्म खोप अभियान सञ्चालन गरिएको थियो ।
दोस्रो चरणमा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिकामा जेठ १७ देखि १९ गते सम्म अभियान सञ्चालन गरिएको थियो । नौ वटै पालिकाका बालबालिका गरी जिल्लाभर ७ हजार बढी बालबालिकालाई यो खोप लगाइएको स्वास्थय सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतले बताउनुभयो ।
अधिकारी महतका अनुसार खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा लक्षित संख्या भन्दा भढी बालबालिकाले पोलियोविरुद्धको आईपीभी खोप लगाएका छन् । खाँडाचक्रमा एक हजार लक्षित बालबालिकामा एक हजार ७ जना र तिलागुफामा ८ सय लक्षित संख्या मध्ये ८ सय २३ जना बालबालिकालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी रास्कोट नगरपालिकामा ९९४, शुभकालिका गाउँपालिकामा ५९९, नरहरिनाथमा १०४२, पचालझरनामा ५९७, पलाँँता गाउँपालिकामा ९९४, महावैमा ४५१ र सान्नीत्रिवेणी गाउँपालिकामा लक्षित संख्याको ८५० जना बालबालिकालाई खोप लगाइएको छ । समग्रमा नौवटै पालिकाको प्रगति विवरण हेर्ने हो भने सबैभन्दा बढी तिलागुफा नगरपालिका देखिन्छ । जसको १०२.८८ प्रगति प्रतिशत रहेको छ । जिल्लाभरको प्रगति प्रतिशत १००.१९ रहेको छ ।
एकहप्ता चलेको खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकाहरुलाई समेटिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माले बताउनुभयो । विसं २०७१ देखि २०७५ सालसम्म विश्वभर आईपीभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट बञ्चित भएकाले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
धन्यवाद कभरेजकाे लागि।।