
लण्डन । प्रशिक्षक जोसे मोउरिन्हो टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे पुग्नुभएको छ । क्लबले सामाजिक सञ्जालमार्फत् मोउरिन्होलाई अनुबन्ध गरेको बेहोरा सार्वजनिक गरेको हो । पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग जित्नुभएका पोर्चुगिज प्रशिक्षकलाई इटालियन सिरी ‘ए’ क्लब रोमाले गत जनवरीमा बर्खास्त गरेको थियो ।
त्यसयता उहाँले कुनै टोलीसँग काम गर्नुभएको छैन । उहाँले चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनहृयाम र रियल म्याड्रिडलाई पनि प्रशिक्षण दिइसक्नुभएको छ । मोउरिन्होले आफ्नो नयाँ क्लबको एक्स अकाउन्टमा लेख्नुभएको छ, ‘गुड इभिनिङ फेनरबाचेका फ्यानहरू भोलि काडिकोय (इस्तानबुल उपनगर, जहाँ क्लब छ) मा भेटौँ र हामीसँगै हाम्रो यात्रा सुरु गरौँ ।’
मोउरिन्होलाई रोमाले साढे दुई वर्षपछि जनवरीमा बर्खास्त गरेको थियो भने त्यतिबेला क्लब नवौँ स्थानमा थियो । उहाँले रोमालाई सन् २०२२ मा युरोपा कन्फरेन्स लिगको उपाधि दिलाउनुभएको थियो र गत सिजनको युरोपा लिगको फाइनलमा पुर्याउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच