काठमाडौं । आइसिसी टी-२० विश्वकपमा सहआयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आरोन जोन्सको आक्रामक अर्धशतकको मद्दतमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको हो । आइतबार बिहान सम्पन्न खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेटमात्रै गुमाएर पूरा गर्यो ।
अमेरिकाका आरोन जोन्सले अविजित रहँदै सर्वाधिक ९४ बनाउनुभयो । ४० बल खेल्नुभएका उहाँले ४ चौका र १० छक्का प्रहार गर्नुभयो । एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाउनुभयो । कप्तान मोनाक पटेल १६ रनमा आउट हुँदा कोरी एनडर्सन ३ रनमा अविजित रहनुभयो । क्यानडाका कलिम सना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिनुभयो ।
त्यसअघि ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । ४४ बल खेल्नुभएका उहाँले ६ चौका र ३ छक्का प्रहार गर्नुभयो । जोन्सन छैटौँ ओभरको दोस्रो बलमा २३ रनमा आउट हुनुभयो । निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाउनुभयो । दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहनुभयो । अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच