![म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर सञ्चालन](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/myagdi-kosheli-ghar.jpg)
-पुरन साह
जनकपुरधाम । सोमवार मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्यो । सांसदहरु धेरै विश्राम पछि प्रदेशसभा तिर केन्द्रिय थिए । तर उनीहरु नीति तथा कार्यक्रम भन्दा पनि सत्ता निर्माण र सत्ताच्युतको खेलमा केन्द्रित देखिन्थे । एमाले जनमतलाई मुख्यमन्त्री दिएर भएपनि वर्तमान सरकार भत्काउन उद्दत देखिन्छ भने कांग्रेस लोसपा र नेकपा एसलाई रोकेर ‘गेम’ गर्न लागि परेको छ ।
मधेशको राजनीति माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र महन्त ठाकुर नेतृत्वको लोसपाले होल्ड गरेर राखिरहेको छ । सुरुमा एमाले, माओवादी, जनमतसंगै विज्ञप्ति र फोटो जारी गरेको लोसपा मुख्यमन्त्रीमा जनमतको नाम सुनेपछि बिच्किएको छ । सरकार बनाउन प्रारम्भ भएको बैठकमा आफुहरु रहेपनि कुनै पार्टीलाई मुख्यमन्त्री नै दिइने सहमति नभएको भन्दै लोसपा मुख्यमन्त्री किटान गरेर सहमति हुन नसक्ने बताइरहेको छ ।
एमाले र माओवादीलाई भने नयाँ सरकार बनाउने हतारमा छन् । जनमतलाई मुख्यमन्त्री, आफु भौतिक पुर्वाधार र माओवादीलाई अर्थ तथा नेकपा एसलाई स्वास्थ्य मन्त्रालय दिएर सरकार बनाउन आतुर देखिएको एमाले र माओवादी भने नेकपा एसको ढुलमुले चरित्रका कारण सशंकित छन् ।
माओवादीका नेता भरत साह विगत सात वर्षको जसपा सरकारले गरेको भ्रष्टाचार र संघियता विरुद्वको अभ्यासका कारण नयाँ सरकार बनाउन आफुहरु केन्द्रित रहेको बताउनु हुन्छ । मुख्यमन्त्री ताकिरहेको जनमतले मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने घोषणा गरिसकेकाले बर्हिगमणको बेला किन अपमान गर्ने भन्दै २३ गते पर्खिरहेको जनमत पार्टी मधेश प्रदेशका नेता महेश यादव बताउनु हुन्छ ।
राजबिराजमा कृषि बिश्वविद्यालयको शिलान्यास कार्यक्रमका दिन भएको घटना छानबिनका लागि संसदिय समितिको माग गर्दै जनमतले सोमवार पनि बैठक अवरुद्व गरेपछि समिति बनाउने सहमति भएको लोसपा सांसद उपेन्द्र महतोले बताउनु भयो । प्रमुख प्रतिपक्षी कांग्रेसको भने आफ्नै दाउ छ । लोकतान्त्रिक शक्तिहरु सहितको सामुहिक सरकार बनाएर मधेश प्रदेशले खोजेको सरकार बनाउन कांग्रेस कुनै पनि सहकार्य र सहमतीका लागि तयार रहेको भन्दै कांग्रेसले लोसपा र नेकपा एसलाई फकाइरहेको छ ।
सोमवारको प्रदेशसभा बैठकमा नेकपा एसका सांसदको न्युन उपस्थिति देखिएको छ । एमालेको २५, जनमतको १३ र माओवादीको ९ सहित ४७ सांसद सहित सरकार बनाउन तयार छन् । यता उनीहरुलाई ७/७ सिट भएको लोसपा र नेकपा एसको साथ अनिवार्य जस्तै छ । तत्काल संघीय सत्तामासमेत सहभागि रहेको नेकपा एस कांग्रेस र जसपासंगको निकटताका कारण दबाबमा छ भने लोसपा आफ्नो प्रभावमा नयाँ केहि गर्न सकिन्छ कि भन्ने दाउ पर्खिरहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच