![‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Swastima-Khadka.jpg)
काठमाडौं । यही शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको ११औं म्युजिक खबर म्युजिक अवार्ड २०८० अन्तर्गतका विभिन्न सम्मानको घोषणा गरिएको छ । अवार्ड समारोहमा पाँच दशकदेखि गीत रचनाको क्षेत्रमा योगदान पुर्याएबापत गीतकार चुडामणि देवकोटालाई ५१ हजार रुपैयाँ नगदसहित म्युजिक खबर दीर्घसाधना सम्मान प्रदान गरिने भएको छ ।
यस्तै पाँच दशकभन्दा लामो समयदेखि योगदान पुर्याएबापत गायक ओमविक्रम विष्टलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरिने भएको छ भने तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार अशोककुमार राईलाई म्युजिक खबर रजत संगीत सम्मानबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
गीतसंगीतका विभिन्न विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा गायक राजु परियार र गायिका रीता थापामगरलाई म्युजिक खबर दशक संगीत सम्मानबाट सम्मानित गरिने भएको भने गायक बैकुण्ठ महतलाई म्युजिक खबर युवाप्रतिभा संगीत सम्मान र गायक अशोक दर्जीलाई म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मानबाट सम्मानित गरिने भएको छ ।
कार्यक्रममा तीन दशककदेखि पत्रारिता क्षेत्रमा योगदान पुर्याएबापत पत्रकार डब्बु क्षेत्रीलाई म्युजिक खबर संगीत पत्रकारिता सम्मान र दुई दशकदेखि योगदान पुर्याएबापत सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्यलाई म्युजिक खबर संगीत सञ्चारकर्मी सम्मानबाट सम्मानित गरिने अवार्डका अध्यक्ष सुमन वैरागी पण्डितले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच