![पाँच विकास बैंक र एक फाइनान्सलाई कारबाही](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Nepal-Rastra-Bank-2-hita.jpg)
नेपाल पत्रकार महासंघ दाङ प्रदेश र केन्द्रीय समितिबाट उत्कृष्ट शाखाका रूपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा यही वैशाख १९ गते प्रदेशकै उत्कृष्ट शाखाका रूपमा सम्मानित गरेको हो । यसैगरी पत्रकार महासंघ केन्द्रीय समितिले २७औं महाधिवेशनका अवसरमा यही वैशाख २१ गते काठमाडौंमा उत्कृष्ट शाखाका रूपमा सम्मान गरेको छ । देशमै पहिलोपटक मिडिया साक्षरता र मिडिया महोत्सवजस्ता रचनात्मक कार्यक्रमको सुरुवात गर्नुका साथै सदस्यता शुद्धीकरण, पत्रकार आचारसंहिता पालना र संस्थागत विकासमा उत्कृष्ट काम गरेको भन्दै दाङ शाखालाई सम्मान गरिएको छ । यही सेरोफेरोमा रहेर नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीसँग दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी:-
नेपाल पत्रकार महासंघ दाङ शाखाको तीन वर्षे कार्यकाल कस्तो रहृयो ?
तीन वर्षअघि हाम्रो कार्यसमिति निर्वाचित भएर आउँदा देशमा कोरोना संक्रमणको दोस्रो चरणको महामारी व्यापकरूपमा फैलिइरहेको थियो । केही समयपछि लकडाउन नै भयो । अस्पताल बिरामीले भरिभराउ थिए, बिरामी राख्ने ठाउँ र अक्सिजनको अभाव बढिरहेको थियो । त्यस्तो बेला पत्रकार महासंघको सभा हलमै १२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरियो । पत्रकारहरूलाई उपचारमा समस्या भएपछि विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी चार लाख ५० हजार रुपैयाँको पत्रकार सहायता कोष पनि स्थापना गरियो । जसबाट पत्रकारहरूको उपचारमा सहयोग गरियो । उक्त कोषबाट अहिले पनि आपत्मा परेका पत्रकारलाई सहायता दिने गरिएको छ । कोरोना महामारीको जोखिमका बीच पनि कोरोना संक्रमित पत्रकारका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने, स्वास्थ्यलाभको कामना गर्ने र पौष्टिक आहार प्रदान गर्ने काम गरियो । यसरी कठिनाई र चुनौतीका बीच कार्यकाल सुरु भए पनि तीन वर्षे कार्ययोजना बनाएर सोहीअनुसार धेरै महत्वपूर्ण काम सम्पन्न गरेका छौं । पत्रकारका दुःखसुख बुझ्ने, अभिभावकत्व प्रदान गर्ने र संकटमा पत्रकारको साथमा रहने काममा सधंै तत्पर रहृयौं । साथै पत्रकारहरूको क्षमता विकासका लागि आधारभूतदेखि, विधागत र एडभान्स तहका तालिमहरू सञ्चालन ग¥यौं । दाङ शाखाको वेभसाइट सञ्चालन गरी सूचना प्रविधिको युगसँग दौडने काम गरेका छौं । पत्रकारहरूलाई खोजमूलक पत्रकारिताका लागि लेखनवृत्ति प्रदान गर्ने, विभिन्न अवसर सिर्जना गर्ने, श्रमजीवीका पक्षमा पैरवी गर्ने र पत्रकारहरूको क्षमता विकासका काम निरन्तर गरिरहृयौं ।
नेपाल पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रूपमा सम्मानित भयो । यसका आधार के हुन् ?
पत्रकार महासंघ लुम्बिनी प्रदेशले मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालनालगायत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशीलता प्रदेशमै उत्कृष्ट रहेको भन्दै प्रदेशकै उत्कृष्ट शाखाका रूपमा सम्मान गरेको हो । पत्रकार महासंघ केन्द्रीय समितिले नेपाली पत्रकारिता क्षेत्रका ज्वलन्त र बहुआयामिक विषयमा अन्तक्र्रियात्मक बहसको रूपमा ‘मिडिया महोत्सव’ सम्पन्न गर्नुका साथै महासंघको संस्थागत विकास, पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरूको हित प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो । कोरोना महामारीमा पहिलोपटक अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना, पत्रकारहरूको क्षमता विकास, महासंघको संस्थागत विकास, पत्रकार आचारसंहिता पालना, पहिलोपटक मिडिया साक्षरता अभियानको सुरुवात र मिडिया महोत्सव महासंघ दाङलाई उत्कृष्ट शाखा बनाउने मुख्य आधार हुन् । पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमुना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रूपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रियस्तरको मिडिया महोत्सव आयोजना गरी संघीयताका साथै पत्रकारिताका समसामयिक विषयमा बहस गरिएको थियो ।
सदस्यता शुद्धीकरणमा यहाँले आफ्नै नाम हटाउन तयार भएर नमुना काम गर्नुभएको भनेर देशभर चर्चा भयो । किन यस्तो गर्नुभएको ?
म पत्रकार आचारसंहिता र पत्रकारिताको मूल्य मान्यताप्रति प्रतिबद्ध छु । पत्रकार महासंघ केन्द्रीय समितिले मापदण्ड तयार गरी सदस्यता शुद्धीकरण गर्न निर्देशन गरेपछि जिल्ला अध्यक्षका रूपमा मैले त्यसलाई पूर्णरूपमा पालना गर्नुपर्ने थियो । यो मेरो कर्तव्य थियो । त्यसकारण मैले मापदण्डमा उल्लेख भए अनुसार शुद्धीकरण अभियानमा पूर्णरूपमा काम गरेँ । मापदण्डमा अन्य पेशा पनि गर्ने पत्रकारको सदस्यता नवीकरण नगर्ने प्रावधान थियो । जसनुसार क्याम्पसमा प्राध्यापन गर्ने भएका कारण मेरो पनि सदस्यता शुद्धीकरण हुन जरुरी थियो । मैलो नैतिकता सम्झेर आफ्नो नाम पनि नवीकरण नगर्ने सूचीमा राखे । अन्य पत्रकारहरूको पनि मापदण्ड अनुसार शुद्धीकरण गर्ने काम भयो । म अहिले पनि पत्रकारितामा क्रियाशील छु । मेरो पत्रकारितामा प्रश्न उठ्ने अवस्था छैन तैपनि केन्द्रीय समितिले तयार पारेको मापदण्ड अक्षरशः पालना गरी मैले सदस्यता नवीकरण नगर्ने निर्णय लिएको हुँ ।
सदस्यता शुद्धीकरणका विषयमा धेरै नै विवाद भइरहेका छन् । यसबारे यहाँको धारणा के छ ?
सदस्यता शुद्धीकरण मापदण्डमा केही त्रुटि छन् तर पनि यो अभियान पत्रकारिता र पत्रकार महासंघको जीवनमा निकै महत्वपूर्ण छ । पत्रकारितामा सक्रिय नभएका, पत्रकारिता छोडेर अर्कै पेशामा आबद्ध भएका र विवादास्पद् काममा संलग्नहरूको शुद्धीकरण हुन आवश्यक छ । यसले पत्रकारिता क्षेत्रको गरिमा बढाउन सहयोग गर्छ तर अन्य काम गरेको कुरालाई मात्रै आधार मानेर सदस्यबाट हटाइनु हुँदैन । मूल कुरा कुनै व्यक्ति पत्रकारितामा क्रियाशील छ कि छैन, पत्रकार आचारसंहिता, मूल्य मान्यताको पालना गरेको छ कि छैन, कुनै विवादास्पद काममा संलग्न छ कि छैन, राजनीतिक पार्टीको भूमिकामा छ कि छैन, पत्रकारितालाई दुरूपयोग गरेको छ कि छैन भन्ने जस्ता विषयलाई आधार मानेर शुद्धीकरण गर्नुपर्छ । अर्को कुरा अहिले मिडियाले ठूलो आर्थिक संकटको सामना गरिरहेका छन् । ठूला भनिएका मिडिया हावस समेत पत्रकारलाई तलब दिन नसक्ने घोषणा गरिरहेका छन् । मिडिया बन्द हुने, खुम्चिने क्रम बढ्दो छ । यस्तो बेला पत्रकारलाई आफ्नो पेशा कसरी बचाउने भन्ने चिन्ता छ अर्थात् पत्रकारितामात्रै गरेर जीवन चलाउन सक्ने अवस्था छैन । पत्रकारहरूले आफ्नो विज्ञता अनुसारका अन्य काम गर्नुपर्ने अवस्था छ र गर्नुपर्छ । पत्रकारिता भनेको २४ घण्टा पत्रकार हुँ भनेर हिँड्ने काम मात्र होइन । खोजमूलक समाचार लेख्दा एउटै समाचार तयार पार्न महिनौं लाग्न सक्छ । अन्य काम गर्दागर्दै खोज अनुसन्धानमुलक पत्रकारिता गर्न सकिन्छ । सदस्यता शुद्धीकरण मापदण्डले हरेक सदस्यले पत्रकारितामात्रै गर्न प्रेरित गरेको छ जुन अहिलेको समयमा कठिन छ । पत्रकारिता मात्रैले समयमा तलब दिन सकेको छैन, जागिरको ग्यारेण्टी गरेको छैन, जीविका चलाउने आत्मविश्वास दिएको छैन । यस्तो बेला वैकल्पिक पेशाहरू अँगाल्दै पत्रकारितालाई जीवित राख्नुपर्ने बाध्यता छ । त्यसकारण शुद्धीकरण मापदण्ड जुन समयमा आयो त्यो उपयुक्त समय भएन कि भन्ने लाग्छ ।
पत्रकार महासंघमा दलीय भागबण्डा अर्थात् विभिन्न संगठनको भागबण्डा खुब चलिरहेको हुन्छ । यहाँले यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?
म गर्वका साथ भन्न सक्छु कि हाम्रो कार्यकालमा हामीले संगठनको भागबण्डालाई पूर्णरूपमा अन्त्य गरेका छौं । हरेक काम गर्दा पत्रकार महासंघ र पत्रकारिताको नजरबाट काम गरेका छौं । कतै पनि संगठनबीच भागबण्डा हुन दिएनौं । सदस्यता शुद्धीकरण, नयाँ सदस्यता वितरण, पुरस्कार वितरण, विभिन्न अवसर प्रदान र जिम्मेवारी बाँडफाँड जस्ता काममा कुनै राजनीतिक रंग दिइएन । पुरस्कार वितरणलाई वैज्ञानिक विधिमा आधारित रहेर वितरण गरियो ।
तपाईंको कार्यकालमा पत्रकार महासंघको संस्थागत विकासमा के कस्ता उल्लेखनीय काम भएका छन् ?
पत्रकार महासंघमा मिडिया लाइब्रेरी तथा रिसर्च सेन्टर स्थापना गरेका छौं । यसले पत्रकारितालाई खोजमूलक बनाउन र पत्रकारिताबारे अध्ययन, अनुसन्धान गर्न सघाउनेछ । महासंघको बैठक हल व्यवस्थापन, पानी, सरसफाइ व्यवस्थापन, वेभसाइट सञ्चालन, अक्षयकोष वृद्धि र व्यवस्थापन तथा कार्यालय व्यवस्थापनमा महत्वपूर्ण काम गरेका छौं ।
पत्रकारितामा नैतिकता हराउँदै गएको छ भन्ने जनगुनाशो सुनिन्छ नि ?
पत्रकारितामात्रै होइन हरेक पेशामा नैतिकताको समस्या छ । त्यसको असर स्वभाविक रूपमा पत्रकारितामा पनि परेको होला तर एक÷दुई घटनालाई आधार मानेर सिंगो पत्रकारितालाई नै सामान्ययीकरण गर्न मिल्दैन । कमजोरी गर्नेहरूलाई बचाउनुपर्छ भन्ने पक्षमा हामी छैनौं, सबै पत्रकार सही छन् भन्ने पक्षमा पनि छैनौं । हामीले आचारसंहिता उल्लंघन गर्ने, नैतिकतामा नरहने र पत्रकारिताको मूल्य मान्यताविपरीत काम गर्ने पत्रकारबारे छानविन गरी आवश्यक कारबाही गर्ने गरेका छौं ।
पत्रकारिताका नाममा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचनाहरू फैलाउने प्रवृति बढ्दो छ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
सूचना प्रविधिको विकासले सबैको हातमा सञ्चारका माध्यम पुगेका छन् । अहिले कुनै पनि नागरिकले सूचनाहरू सम्प्रेषण गर्न सक्छ तर सही सूचनाको परीक्षण गर्ने सवालमा भने सामाजिक सञ्जाल चुकिरहेका हुन्छन् । फेसबुक, युट्युब, एक्स, टिकटकलगायत सामाजिक सञ्जालमा व्यक्ति व्यक्तिले सम्प्रेषण गर्ने सामग्रीमध्ये कुन सही, कुन गलत भनेर आमनागरिकलाई छुट्याउन कठिन छ । जसका कारण कतिपय भ्रमपूर्ण सूचनाको पछि मानिस दौडिरहेका हुन्छन् । हामीले यही कुरालाई मध्यनजर गरी पत्रकार महासंघ दाङ शाखाबाट युट्युब र अनलाइन सञ्चालकहरूका लागि पत्रकारिता तालिम सञ्चालन गरेका थियौं जुन निकै प्रभावकारी पनि भएको थियो । धेरैले पत्रकारिताको मूल्य मान्यता नबुझेका कारण जस्तो पायो त्यस्तै सामग्री पत्रकारिताका नाममा सामाजिक सञ्जालमा दिने गर्छन् । यसलाई पत्रकार महासंघ र सरकारका नियमनकारी निकाय मिलेर व्यवस्थापन गर्नुपर्छ ।
अहिले आममानिसलाई कुन सही मिडिया, कुन गलत भनेर कसरी छुट्याउने भन्ने अन्योेल छ । यो अन्योल कसरी हटाउन सकिन्छ ?
यही कुरालाई मध्यनजर गरी हामीले दाङबाट मिडिया साक्षरता अभियानको सुसरुवात गरेका हौं । यो अभियानले मिडिया चिन्न, सही र गलत समाचार थाहा पाउन, मूलधारका मिडिया र सामाजिक सञ्जालबीचको अन्तर बुझ्न सहयोग गरेको छ । यो मूलतः मिडिया बुझाउने अभियान हो । अहिलेको सन्दर्भमा यो नमुना र अति आवश्यक अभियान भएको महसुस गरी पत्रकार महासंघ केन्द्रीय समितिले यसलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्नुपर्ने भनेको छ । त्यसकारण नागरिकलाई मिडिया बुझाउने अभियानलाई व्यापक बनाएर नै यो अन्योल हटाउन सकिन्छ ।
अन्त्यमा केही भन्नु छ ?
मलाई महत्व दिएर आफ्ना विचार व्यक्त गर्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको मिडियालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । हामी सधंै अरूका विचार र जानकारी सम्प्रेषण गर्नमै व्यस्त हुन्छौं । कहिलेकाहीं पत्रकारिता र पत्रकार महासंघका बारेमा पनि यसैगरी मिडियामा बहस र छलफल हुन जरुरी छ । अन्त्यमा म पत्रकार महासंघ दाङ शाखालाई उत्कृष्ट बनाउन भूमिका खेल्ने मेरो कार्यसमिति, सल्लाहकार, शुभेच्छुक, सहयोगी र शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछु । धन्यवाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच