काठमाडौं । आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।
श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६।२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले १९, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन बनाए ।
श्रीलंकाका लागि कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले एक एक विकेट लिए । त्यसअघि अमेरिकाको न्यू योर्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९।१ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ कामिन्डु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।
दक्षिण अफ्रिकाका एनरिज नोर्टजे एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र सात रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले दुईदुई विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच