✍️ ओम आचार्य
नेपालको राजनीति त्यतिखेरदेखि बिग्रियो जब एकीकृत नेकपा माओवादी, एमालेलगायतको गठबन्धन थियो । त्यो गठबन्धन भंग भएको मितिदेखि नै केपी ओलीले त्यसपछि निर्माण भएको कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायतको गठबन्धनको सरकारलाई भंग गराउन छिद्रहरू र त्यस दलभित्र रहेका छुद्र नेताहरूको खोजीमा निरन्तर रहे । त्यसैको परिणाम हो अहिलेको गठबन्धन सरकार । राजनीति सिद्धान्त निष्ठा र विचारको भएकै छैन, अहिलेको राजनीति भएको छ त द्वैष र बदलाको भावनाले ओतप्रोत भएर । दलका नेताहरूले प्रयोग गर्ने भाषा, शैली सुन्ने र हेर्ने हो भने यस्ता नेताहरूबाट प्राप्त गणतन्त्रको कवचको रूपमा लिन नै सकिँदैन ।
केपी ओलीमा यो भाव अहिले प्रबल रूपमा देखिएको छ । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी नियममा ४० लाई संशोधन गरी २० प्रतिशतमा झारेर माधव नेपाललाई पार्टी फुटाउन सहज बनाएकोमा अर्को दिन पुनः ४० प्रतिशतमै पुर्याए । यही कारणबाट देउवाप्रति द्वेष र बदलाको भाव केपी ओलीको कणकणमा छ । हुनसक्छ भोलिका दिनमा पुनः केपी ओली यही बाटो पक्रेर राजनीतिक दलसम्बन्धी कानुन संशोधन गरेर पुनः २० प्रतिशतमा आउन सक्छन् । भएका दलहरू फुटाउने र फुटेका तर विधिवत दलमा परिणत हुन नसकेका दलहरूलाई सहज बाटो बनाउने कार्यमा जुट्न सक्छन् । यसो गर्दा उनी संसद्मा ठूलो दल हुन सक्छन् या हुने प्रयास गर्न सक्छन् । यदि यस्तो भयो भने द्वेष र बदलाको राजनीति नै हुनसक्छ ।
अहिलेको सरकारलाई गठबन्धनको सरकार त भनिएको छ तर सरकारको शैली, अन्य दलप्रतिको व्यवहार र प्रस्तुति हेर्दा एक दलीय सरकार अर्थात् एमालेको सरकार भन्नुपर्ने हुन्छ । प्रधानमन्त्री माओवादीका प्रचण्ड रहे पनि गृहमन्त्री रास्वपाको रहे पनि सरकारमा पूरै कमाण्ड एमालेका केपी ओलीको छ ।
ओलीको कांग्रेस फुटाउने रणनीति हो भने त्यो कांग्रेसभित्र हुने सम्भावना अत्यन्त न्यून छ । कारण कांग्रेसको चरित्र र निष्ठाको छविलाई हेर्दा संकटमा सधैं एक भएको कांग्रेसको इतिहास छ । जस्तो अहिलेको गठबन्धन सरकार एकोहोरो रूपमा कांग्रेसतिर खनिएको छ भने कांग्रेस पनि एक भएर सडक र सदनमा सरकारविरुद्ध लागेको देखिएको छ । वर्तमान गठबन्धन बन्नुभन्दा पूर्व कांग्रेस र एमालेको गठबन्धन गर्ने विषयमा दुवै दलका शीर्ष नेताहरूमा छलफल विमर्श भएको हो । गठबन्धन कसरी गर्ने यही कुरामा दुई दलका बीच फरक धारणाले त्यसले मूर्तरूप लिन सकेन । एमाले भन्ने धारा २ अनुसार गठबन्धन गरौं, कांग्रेस सभापति धारा ३ अनुसार ठूलो दलको हैसियतले सरकार बनाउन गठबन्धन गरौं भन्ने । यही कुराले सायद एमाले र कांग्रेसको गठबन्धन हुन नसकेको अहिलेको घटनाक्रमले देखिँदैन छ ।
केपी ओलीको रणनीति
अहिलेको सरकारलाई गठबन्धनको सरकार त भनिएको छ तर सरकारको शैली, अन्य दलप्रतिको व्यवहार र प्रस्तुति हेर्दा एक दलीय सरकार अर्थात् एमालेको सरकार भन्नुपर्ने हुन्छ । प्रधानमन्त्री माओवादीका प्रचण्ड रहे पनि गृहमन्त्री रास्वपाको रहे पनि सरकारमा पूरै कमाण्ड एमालेका केपी ओलीको छ । केपी ओलीको रणनीति अन्य दललाई फुटाउने, फुटाउन नसके त्यो दलप्रति जनतामा निराशा, वितृष्णा र केही गर्न नसक्ने दलको रूपमा पुर्याउने नै हो ।
अहिले गठबन्धनको सरकारले संसद्मा विपक्षी दलप्रति जसरी प्रस्तुत भइरहेको छ । त्यसमा सबैभन्दा ठूलो क्षति माओवादी दल र त्यस दलका प्रधानमन्त्री प्रचण्ड र रास्वपाका गृहमन्त्री रहेका रवि लामिछानेमा हुने देखिन्छ । हाल विपक्षी दलको कुरा नसुन्ने र अधिनायकवादी रूपमा प्रस्तुत हँुदै पेलेर लाने, नागरिकलाई शुसासन, अमन चैन दिने सन्दर्भमा देखिँदै नदेखिने गरी पात्रको रूपमा प्रचण्ड र गृहमन्त्री छन् । ओली त निर्देशक हुन् निर्देशक त पर्दामा देखिँदैनन् । ओली यही रणनीति अख्तियारी गर्दै यी दुई दललाई जनमानसमा र नेपालको राजनीतिमा असफल दलको रूपमा चिनाउनु रहेको छ । विशेष गरेर नेपालको राजनीतिमा त्यो पनि विशेष गरेर वामराजनीतिमा माओवादी दललाई कमजोर र असफल दलमा पुर्याएर एमाले ठूलो दलको रूपमा पुग्ने अभियानमा रहेको छ ।
अहिलेको गठबन्धनको सरकार कांग्रेसतिर खनिएको छ । कांग्रेसमा पनि पार्टीसभापति शेरबहादुर देउवाप्रति र उनका परिवारप्रति लक्षित छ । शेरबहादुर देउवा र उनका परिवारप्रति गठबन्धनको सरकार पूरैविरुद्धमा छ । यो मात्रै द्वेष र बदलाको भावले ग्रसित छ ।
अर्को कुरा गृहमन्त्री अथवा प्रधानमन्त्री दुईमा कुनै एकले राजीनामा दिए सरकार भंग हुने अवस्था छ । यही अवस्था र परिस्थितिमा पु¥याउने ओलीको रणनीति हो । यस अवस्थामा आएर जुन दलको प्रतिनिधि भएर सरकारमा सहभागी भएका छन् त्यो दलभित्र गृहमन्त्रीले मात्रै पनि राजीनामा दिए प्रचण्ड सरकार गिर्नेमात्रै होइन असफल प्रधानमन्त्रीमा आफ्नो अभिलेख राख्छन् र त्यसपछि माओवादी अन्य कुनै दलसँग मिलेर गठबन्धन सरकार बनाउने अवस्थामा हुँदैन । कांग्रेस नेता रमेश लेखकले भनेजस्तै ‘सबै दलले विश्वास गर्न छोडे के हुन्छ ?’ त्यही अवस्था हुने देखिन्छ ।
कांग्रेसले ठूलो दलको हैसियतले सरकार बनाउनु भनेकै कारण केपी ओली अहिले संसद्मा ठूलो दल हुन जस्तोसुकै राजनीतिक निर्णय गर्नु परे पनि र जस्तोसुकै अप्राकृतिक राजनीति गर्नुपरे पनि त्यस हदसम्मै जाने स्थिति एमालेको सोच र विचार छ । सोच, विचारलाई यथार्थ, वास्तविकतामा पुर्याउन प्रधानम्त्री प्रचण्ड र गृहमन्त्रीलाई हदैसम्म उपयोग गरेर उनीहरूको श्रमलाई खर्च गर्दै आफ्नो लक्ष्य साधन गरेर केपी ओली तृप्त हुन चाहन्छन् । कांग्रेसभित्र एमालेसँग गठबन्धन गरेर सरकार बनाउने केही दिनदेखिको विचार अहिले ओलीको सबै दलहरूलाई डोमिनेट गर्ने शैली र एकल नेतृत्वमा हावी हुने प्रवृत्तिबाट झस्केका पनि होला ।
जुन प्रयोजन र लक्ष्य लिएर गठबन्धन गर्ने विचार कांग्रेसको छ त्यो पनि ओलीको अहिलेको अधिनायक प्रवृत्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रताप्रति अनुदार रहनुले पनि कांग्रेससँग एमालेको गठबन्धन कांग्रेसका लागि र लोकतन्त्रका लागि राजनीतिक निर्णय हुन नसक्ला । अर्को कुरा कथंकदाचित एमाले ठूलो दलमा परिणत भए भोलि केपी ओलीले कांग्रेसँग ठूलो दलको हैसियतले गठबन्धन गर्दै सरकार बनाऊँ भन्दा कांग्रेस त्यतिखेर के गर्छ ? केपी ओलीको रणनीति यसै प्रयोजनका लागि अघि बढिरहेको छ ।
कांग्रेसविरुद्ध गठबन्धनको सरकार
अहिलेको गठबन्धनको सरकार कांग्रेसतिर खनिएको छ । कांग्रेसमा पनि पार्टीसभापति शेरबहादुर देउवाप्रति र उनका परिवारप्रति लक्षित छ । शेरबहादुर देउवा र उनका परिवारप्रति गठबन्धनको सरकार पूरैविरुद्धमा छ । यो मात्रै द्वेष र बदलाको भावले ग्रसित छ । अहिलेको गठबन्धन सरकार राजनीतिक चरित्रले प्रस्तुत हुनुभन्दा पनि बदला र द्वैषले अगाडि बढेको छ । यो नै कारण हो देउवा परिवारप्रतिको गठबन्धन सरकार । यहाँनेर कांग्रेसले बुझ्नुपर्छ यो आक्रमण यो द्वैष र बदलाको भाव समग्र कांग्रेसमा हो भनेर । देउवामा मात्र होइन यसको बढी असर र प्रभाव कांग्रेसमा पर्छ, क्षति कांग्रेसमै हुन्छ । यस्तो घृणित राजनीतिलाई परास्त गर्न सबै कांग्रेसले ममाथिको आक्रमण हो कांग्रेसप्रतिको आक्रमण हो भनेर मनन र धारण गरेर एकजुट हुनुपर्नेतर्फ अहिलेको राजनीतिले निर्देशित गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच