आर्यन र शुभश्रीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एभरेस्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु-१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो हुनुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११-५, ८-११, ११-७ र ११-९ को सेटमा पराजित गर्नुभयो । आदर्श विद्या मन्दिर (एभिएम) का अतित गुरुङ र जेश्नु महर्जन तेस्रो हुनुभयो ।
गल्र्सको स्वर्ण भिडन्तमा शुभश्रीले एभिएमकी अर्सना महर्जनलाई ११-३, ११-२ र ११-५ को सोझो सेटमा हराउनुभयो । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी प्रज्ञा भेले र एलटिटिसीकी सुरम्या शाक्य तेस्रो बन्नुभयो ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो हुनुभयो । उहाँले फाइनलमा एभिएमका एलेन महर्जनको चुनौती ११-४, ७-११, ११-७, ८-११ र ११-६ ले पन्छाउनुभयो । भानुभक्त स्कुलका उज्ज्वल मानन्धर र दरबार हाईस्कुलका शंकर पहरीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

उक्त स्पर्धाको गल्र्स फाइनलमा एपिएफकी इभाना थापा मगरले प्रभात इङ्लिस स्कुलकी प्रदिपा सुवाललाई ११-८, ११-३ र ११-४ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान कब्जा गर्नुभयो । एपिएम क्लबकी योङ्गी पौडेल र नेपाल आर्मीकी सुस्मिता खड्का तेस्रो स्थानमा रहनुभयो ।

जुनियर ब्वाइजको सिंगल्समा एपिएफका रुविन महर्जन र मोरङका बोधित डिसीले फाइनल भिडन्त पक्का गर्नुभएको छ । सो स्पर्धाको गल्र्समा एपिएफकी वियंका राई र आर्मीकी दिया देउलाले फाइनल खेल्नुहुनेछ । विभिन्न आठ स्पर्धा समावेश प्रतियोगितामा ६ स्पर्धाको फाइनल सम्पन्न भएको छ । बाँकी दुई स्पर्धाको फाइनल अन्तिम दिन सोमबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?