
काठमाडौं । भेट्रान खेलाडीहरूको छाता संगठन नेपाल मास्टर्स एथलिट एसोसिएसनले आफ्नो समयमा खेलकुद विकासमा विशिष्ट योगदान पुर्याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल व्यक्तित्वहरूलाई सम्मान गरेको छ । बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्वखेलाडी एवं सम्मानित व्यक्तित्वहरूमा टेबलटेनिसका खेलाडी कविकेशरी बस्नेत र वाईपी लोहनी, फुटबलका डा. खगेन्द्रबहादुर श्रेष्ठ, श्याम केसी, खेलकुद फोटो पत्रकारसमेत रहनुभएका श्याम चित्रकार र विश्वप्रकाश थापा, महिला एथलेटिक्स खेलाडी डा. कोकिला वैद्य र बक्सिङका नरबहादुर थापालाई सम्मान गरेको हो ।
पूर्वखेलाडीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि गुरुङले हनुमान र भीमसेनको कथाको उदाहरण प्रस्तुत गर्दै युवामा जोस र जाँगरमात्र हुने तर शक्तिका बारेमा जानकारी नहुने भन्दै पूर्वखेलाडीहरूले आफूलाई हनुमानको जस्तै शक्तिशाली रूपमा प्रस्तुत गर्नुपर्ने र खेलकुदको परिवर्तनमा आफ्नो शक्तिलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपाल मास्टर्स एथलिट एसोसिएसनका अध्यक्ष जिएन दाइ शर्माले पूर्वखेलाडीहरूको सम्झना गर्नुपर्ने र त्यस्ता खेलाडीहरूबाट खेलकुदको विकासको बाटो कोर्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच