भरूवा बन्दुक, बारूद र छर्रासहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । धरान उपमहानगरपालिका-१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रासहित सोही उपमहानगरपालिका-१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?