काठमाडौं । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गर्नुभएको छ । डि ककले १०३ बलमा शतक पूरा गर्नुभएको हो ।
जारी विश्वकपमा उहाँको यो चौथो शतक हो । उहाँले यसअघि यस विश्वकपमा श्रीलंकाविरुद्ध १००, अष्ट्रेलियाविरुद्ध १०९ र बंगलादेशविरुद्ध १७४ रनको सानदार शतकीय इनिङ खेल्नुभएको थियो । एकै विश्वकपमा सर्वाधिक शतक भारतका रोहित शर्माको नाममा छ ।
रोहित शर्माले २०१९ को विश्वकपमा पाँच शतक प्रहार गर्नुभएको थियो । श्रीलंकाका कुमार संगाकाराले २०१५ को विश्वकपमा चार शतक प्रहार गर्नुभएको थियो ।
अन्य कुनै पनि ब्याटरले एकै विश्वकपमा चार शतक प्रहार गरेका छैनन् । डि कक एकै विश्वकपमा चार शतक हान्ने विश्वका तेस्रो र दक्षिण अफ्रिकाका पहिलो खेलाडी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच