लुम्बिनीमा ३ जिल्लाका ५५ स्वास्थ्यकर्मीलाई ४ दिने आधारभूत खोप सम्बन्धी तालिम

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाँके र पाल्पाका स्वास्थ्यकर्मीहरुको लागि आधारभूत खोप सम्बन्धी तालिम बुटवलमा सुरु भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखाको आयोजनामा ४ दिने आधारभूत खोप सम्बन्धी तालिम सुरु भएको हो ।

पाल्पा रुपन्देही र बाँकेका ५५ जना स्वास्थ्यकर्मी सहभागीता रहेको आधारभूत खोप सम्बन्धी तालिममा स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाको खोप शाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउँदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो । उहाँले खोप नियमीत लगाउन सबैलाई आग्रह समेत गर्नु भयो ।

खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको श्रेष्ठले बताउनु भयो । सन् १७९८ मा विफर विरुद्दको खोप पत्ता लगाइ आधुनिक खोपको सुरुवात बताउदै प्रत्येक ५ जना बालबालिकाको मृत्यू मध्ये १ जना खोपबाट बचाउन सकिने बताउनु भयो ।

उहाँले खोपबाट वर्षेनि करिव २५ लाख बालबालिकालाई मृत्यबाट बचाईरहेको बताउदै खोप लागत प्रभावकारी, उत्पादनशिलता बढाउने र गरिबी हटाउन समेत महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । विश्वमा ३० प्रकार भन्दा धेरै खोपहरु विकशित भएको र २५ प्रकार भन्दा धेरै खोपहरु प्रयोगमा रहेको श्रेष्ठले बताउनु भयो । खोप लागत प्रभावकारी र सुरक्षित रहेको बताउदै आधारभूत खोपले आयु र उत्पादनशिलता बढाउँने र गरिबी घटाउन योगदान पुर्‍याउने श्रेष्ठले बताउनु भयो ।

खोप सम्बन्धी तालिममा बाेल्दै बागमति प्रदेश स्वास्थ्य कार्यलय ललितपुरका खोप अधिकृत पार्थमणी न्यौपानेले खोप लगाउदा आबश्यक जानकारी गराउदै उहाँले सुरक्षित खोपका नियमहरुलगायतका बिषयमा जानकारी गराउनु भयो ।

तालिममा स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले तालिममा सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराएको बताउनु भयो ।  स्वास्थ्य कार्यलय रुपन्देहीका अर्का खोप अधिकृत चिन्तामणी ज्ञवालीले खोप संबेदनशील भएकोले स्वास्थ्यकर्मीहरुले यहाँ सिकेका कुराहरुलाई लागु गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका कोल्ड चेन निरीक्षक सुरेन्द्र दुबेदीलगायका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । परिवार कल्याण महाशाखाकाको खोप शाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, खोप अधिकृत पार्थमणी न्यौपाने, भेषराज शर्मा, चिन्तामणि ज्ञवालीले तालिम दिनुहुने कार्यक्रम रहेको छ । तालिम असार ११ गते देखी १४ गते सम्म चल्ने खोप अधिकृत चिन्तामणी ज्ञवालीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?