धादिङ । आर्थिक मन्दीका कारण धादिङबेसीमा सञ्चालन भएका करिब ६८ भन्दा बढी पसलहरु धमाधम बन्द भएका छन् । नीलकण्ठ नगरपालिका वडा नंं. ३ स्थित पुच्छार बजार, बीच बजार र सिरान बजारमा सञ्चालित पसलहरु बन्द भएका हुन् ।
असारदेखि यता ६८ वटा सटर बन्द भइसकेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिम्खडाले बताउनु भयो । उहाँका अनुसार सटर बन्द हुनुको मुख्य कारण व्यापारमा कमी आउनु ब्यापार नहुनु, व्यापारमा कमी आएपछि घर भाडा तिर्न नसक्नु, बैंकको ब्याज तिर्न नसकेपछि सटर बन्द हुने क्रम बढेको सिम्खडाको भनाई छ ।
बन्द भएका व्यवसायहरू फेन्सी, जुत्ता, स्टेसनरीलगायतका पसलहरू रहेका छन् । खाद्य सामग्रीका पसलहरू मात्र सुचारु रहेका छन् । आर्थिक मन्दी आएसँगै बैंकको ब्याज तिर्न नसकेपछि व्यवसायीहरू पलायन हुन थालेका छन् । व्यापार नभएपछि व्यापारीहरू घरभाडा र आफ्नो खर्च पुर्याउन नसकेर पलायन हुन थालेका हुन् ।
मुलुक संघीयतामा गएसँगै करमा वृद्धि र तीन तहमा कर तिर्नुे बाध्यता सिर्जना भएको छ । दर्ता नवीकरण, आय कर र व्यवसाय सञ्चालनलगायतका करले पनि असहजता थपेको छ । अहिलेसम्म पसल र कोठामा बस्नेको कोठा खाली गराउन १५ वटा भन्दा बढी उजुरी परेका छन् । कति त खाली पनि गरिसकेको नीलकण्ठ-३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो ।
विश्व बैंकले २०२०/०२१ मा आर्थिक वृद्धि १ दशमलव ८७ र २०२१/०२२ मा ३ दशमलव ९७ प्रतिशत अनुमान गरेको छ । तर, यो नेपालको मात्रै नभई विश्वव्यापी समस्या हो । एसियाली विकास बैंकले दक्षिण एसियाको अनुमानित वृद्धिदरलाई संशोधन गर्दै छ । अहिले पनि नेपालको कुल जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रहेको छ । २०२० मा नेपालको प्रतिव्यक्ति आय (जिडिपी पर क्यापिटल) १ हजार १६६ रुपैयाँ छ, जुन विश्वका १९६ मुलुकमध्ये ९७औँ स्थानमा पर्छ ।
चालू आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात ९५ दशमलव ४८ र आयात ५१ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । तर, निर्यातबाट हुने आम्दानी र आयातका लागि चुकाउनुपर्ने मूल्यबीचको अन्तर हेर्ने हो भने त्यो समस्याग्रस्त छ । अर्थात्, निर्यात जम्मा एक खर्ब १८ अर्ब ८५ करोड मात्रै भएको छ भने आयात ९ खर्ब ९९ खर्ब ३४ करोड पुगेको छ । ६ महिनामा व्यापार घाटा नै ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । यो ४६ दशमलव ६४ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो वर्ष ५ दशमलव ८ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच