सेपाकताक्रो टोली थाइल्याण्ड जाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व सेपाकताक्रो च्याम्पियनसिपको ३६औँ किङ्स कपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गर्दैछ । पुरुष खेलाडीमा पदमबहादुर थाडा मगर, विपिन थनेत, उमेशबहादुर महतो, दिपेशजंग थापा, विजय महतो र सुजन थिङ रहनुभएको छ । महिलामा इनु चौधरी, सुमित्रा डंगोल, निरु थापा मगर, प्रतीक्षा थनेत र नैना राना मगर हुनुहुन्छ ।

अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, आइटिओमा नेसिर मास्के, व्यवस्थापकमा शिवप्रसाद देवकोटा र डा. यमबहादुर गुरुङ, प्रशिक्षकमा ढाकाराम भट्टराई तथा निर्णायकमा संगीन थापा मगर रहनुभएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता जुलाई ९ देखि १६ तारिखसम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?