पोर्चुगलको हार, स्वीडेनको जित

Read Time = 4 mins

लण्डन । फिफा महिला विश्वकप २०२३ मा पोर्चुगलले हार बेहोर्दा स्वीडेनले जित हात पारेको छ । न्युजिल्याण्डमा जारी विश्वकपमा नेदरल्याण्ड्सले पोर्चुगललाई १-० ले पराजित गरेको हो । पोर्चुगलको हारमा पहिलो हाफमा स्टेफानी भान डर ग्रागटले निर्णायक गोल गर्नुभयो । उहाँले १३औँ मिनेटमा सेरिदाको पासमा गोल गर्नुभयो । यस जितसँगै समूह ‘ई’ मा नेदरल्याण्डको ३ अंक भएको छ । समान ३ अंक नै भए पनि गोलअन्तरमा साबिक विजेता अमेरिका शीर्षस्थानमा छ । पराजित पोर्चुगल अंकविहीन छ । भियतनामले पनि अंकको खाता खोल्न सकेको छैन ।

यस्तै, समूह ‘जी’ को खेलमा स्वीडेनले दक्षिण अफ्रिकामाथि २-१ को पुनरागमन जित निकालेको छ । स्वीडेनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित दर्ता गरेको हो । वेलिङ्टन रिजनल स्टेडियम न्युजिल्याण्डमा भएको खेलमा स्वीडेनको पुनरागमन जितमा फ्रिडोलिना रोल्फो र एमाडाले एक-एक गोल गर्नुभयो । दक्षिण अफ्रिकाका हिल्दाह मागएइयाले एक गोल गर्नुभयो ।

४८औँ मिनेटमा हिल्दाहले गोल गरेपछि स्वीडेन खेलमा पछि प¥यो । ६५औँ मिनेटमा फ्रिडोलिनाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा एमाडाले गोल गर्दै स्वीडेनलाई पुनरागमन जित दिलाउनुभयो । यस जितसँगै स्वीडेनले ३ अंक जोडेको छ । दक्षिण अफ्रिका अंकविहीन हुँदै पुछारमा छ ।

यस जितले डेनमार्क तीन अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान तीन अंक भए पनि इंग्ल्याण्ड गोलअन्तरमा पछि छ । चीन र हाइटी अंकविहीन छन् ।

यस्तै, अर्को खेलमा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा बलमा पकड फ्रान्सको पक्षमा भए पनि जमैकाले गोल हुन दिएन । इन्जुरी समयमा जमैका १० खेलाडीमा समेटिन पुगे पनि त्यसको फाइदा फ्रान्सले उठाउन सकेन ।

यस बराबरीसँगै समूह ‘एफ’ मा फ्रान्स र र जमैकाले समान एक अंक जोडेका छन् । यो समूहमा ब्राजिल र पानमाले कुनै खेल खेलेका छैनन् ।
न्युजिल्याण्ड र अष्ट्रेलियाका विभिन्न नौ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया)मा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?