![भारवाङमा मोटरेबल पुल निर्माण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/darbang-pul.jpg)
काठमाडौं । आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तान र दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेका छन् । मंगलबार बिहान सम्पन्न खेलमा युगाण्डालाई १२५ रनले हराउँदै अफगानिस्तानले सानदार विजयी सुरुवात गरेको हो । यस्तै सोमबार राती सम्पन्न खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले पनि विजयी सुरुवात गरेको हो ।
अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमात्रै खेलेर ५८ रनमै अलआउट भयो । युगाण्डाका लागि कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । रोबिनसन ओबुयाले २५ बलमा १४ रन जोड्दा रियाजत अली शाहले ३४ बलमा ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका फजहलहक फारुकी एक्लैले ५ विकेट लिनुभयो । ४ ओभर बलिङ गर्दै उहाँले ९ रन मात्र खर्चिनुभयो । नवीन उल हक र रासिद खानले २-२ विकेट लिनुभयो भने मुजिब उर रहमानले १ विकेट लिनुभयो ।
यसअघि टस जितेपछि युगाण्डाका कप्तान ब्रियन मासाबाले अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिनुभएको थियो । आपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । दुई ओपनरले पहिलो विकेटका लागि १५४ रनको साझेदारी गर्नुभयो । गुरबाजले ४५ बलमा ७६ रन बनाउँदा अर्का ओपनर जादरानले ४६ बलमा ७० रन जोड्नुभयो । त्यसपछि मोहम्मद नाबीले १६ बलमा १४ रन बनाउनुबाहेक अन्य ब्याटरले खुलेर रन बनाउन सकेनन् । युगाण्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २-२ विकेट लिनुभयो भने अल्पेस रामजानीले १ विकेट हात पार्नुभयो ।
यसअघि अघिल्लो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको थियो । श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । झिनो लक्ष्य रहे पनि ब्याटिङ गर्न दक्षिण अफ्रिकी ब्याटरहरूलाई मुस्किल भएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले २७ बलमा २० रन बनाउनुभयो । यस्तै, हेनरिक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहनुभयो । ट्रिस्टन स्टब्स २८ बलमा १३ रन बनाएर आउट हुनुभयो । कप्तान एइडन मारक्रमले १२ रन जोड्नुभयो ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १-१ विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाउनुभयो । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोड्नुभयो ।
दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिनुभयो । केशव महाराज र कागिशो रबाडाले २-२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रहृयो । दक्षिण अफ्रिका र श्रीलंकाबाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् ।
विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने
आइसिसीले जारी टी-ट्वान्टी विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसिसी प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आइसिसीले जनाएको छ । आमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् । यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउनेछ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले सात लाख ८७ हजार ५०० डलर पाउनेछन् भने सुपर आठमा पुगेर बाहिरिएका देशले तीन लाख ८२ हजार ५०० डलर पाउनेछन् ।
त्यस्तै, नवौंदेखि १२औँ स्थानमा रहने देशले दुई लाख ४७ हजार ५०० डलर पाउनेछन् भने १३औँ देखि २०औँ स्थानमा रहने देशले दुई लाख २५ हजार डलर पाउनेछन् । त्यस्तै, यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसिसीले जनाएको छ ।
यस प्रतियोगितामा कुल ४० खेल हुनेछन् । २० देशले भाग लिएको विश्वकपमा चार समूह बनाइएको छ । हरेक समूहमा एकअर्कासँग एक/एक पटक खेलेपछि शीर्ष दुई देश सुपर आठमा पुग्नेछन् । विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियममा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच