सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएन : सांसद गैरे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प, कार्यक्रम, समझदारी, नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गर्नुभयो । उहाँले बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको बताउनु भयो ।

उहाँले प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर बिरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको बताउनु भयो । उहाँले आलोचनात्मक ढङ्गले प्रस्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर नभएर अझ बलियो र जनप्रिय बन्ने उल्लेख गर्नुभयो । उहाँले बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सत्तारुढ दलहरुसँग भएको साझा न्युनतम कार्यक्रम समझदारी,नीति सिद्धान्त कार्यक्रम र बजेटको बीचमा सुर, ताल र लय मिल्नुपर्ने त्यसमा खड्कीको महशुस भएको छ । बजेट निर्माणको परम्परागत प्रवृति अहिलेसम्म पनि कायम छ । प्रतिपक्षले बजेटलाई निउ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर विरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने दुवै प्रवृत्ति गलत कुरा हो । आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ । बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको छ ।’

उहाँले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौति रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?