पाँचथर : प्रतिनिधी सभामा एमाले, प्रदेश क मा एस, र ख मा माओवादी विजयी

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 3 mins

पाँचथर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व भौतिक तथा यातायात मन्त्री वशन्तकुमार नेम्बाङ पुन प्रतिनिधी सभाको सदस्य पदमा निर्वाचित हुनु भएको छ । राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनु भएको हो ।

नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअघि पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।

उहाँ २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । २०१८ साल चैत ८ गते पाँचथरको फिदिममा जन्मिनुभएको उहाँ पछिल्लो पटक २०७६ सालमा करिब १८ महिना भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत बन्नु भएको थियो ।

यता गठवन्धनका साझा उम्मेद्वार कमलप्रसाद जवेगू विजयी हुनु भएको छ ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

जवेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गर्नु भएको छ । जिल्लाको प्रदेश सभा २ वाट सत्ता गठवन्धनकै तर्फवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङवो मौसम विजयी भइ सक्नु भएको छ ।

पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठवन्धनका साझा उम्मेद्वार इन्द्रवहादुर आङबो (मौसम) विजयी हुनुभएको छ ।

प्रतिष्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको हो । ३४ हजार ४ सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६सय ७२ मत प्राप्त भएको छ ।

उहाँका प्रतिष्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?