काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिअन्तर्गतको कपन इकाई समितिले ग्रिल तथा स्टिल व्यवसायीका लागि निःशुल्क टिटी खोप सुरु गरेको छ । खोपको शुभारम्भ गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल व्यवसायमा संलग्न उद्योगी र ग्रिल श्रमिकका लागि टिटी खोप अति नै आवश्यक भएकोमा कपन इकाई समितिले सराहनीय कार्यको सुरुवात गरेको बताउनुभयो । खोपका अवसरमा वर्षभरि काममा व्यस्त हुने ग्रिल व्यवसायी र श्रमिकलाई लक्षित गरी आयोजना गरिएको बृहत् वनभोज कार्यक्रमले व्यवसायी र श्रमिकलाई वर्षभरिको कठिन परिश्रमबाट थकित शरीरलाई आराम र मनोरञ्जन प्रदान गर्ने उहाँको भनाइ थियो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका कटुवालले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रिल उद्योगलाई सरकारले राहतका कार्यक्रम ल्याएर लाखौंलाई रोजगारी दिइरहेको ग्रिल व्यवसाय पूर्णरूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाइदिन सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
उहाँले ग्रिल तथा स्टिल व्यवसायीका समस्या समाधान गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले सदैव पहल गर्ने बताउनुभयो । कपन इकाई समितिका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडांै जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिव पशुपति श्रेष्ठ, पूर्वी क्षेत्रीय अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले ग्रिल तथा स्टिल व्यवसायमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा ९० जनाले निःशुल्क टिटी खोप लगाएका थिए । कार्यक्रमको समापन गर्दै कपन इकाई अध्यक्ष भेषराज श्रेष्ठले टिटी खोप लगाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच