काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनीले सेयरमा लगानी गर्ने ग्राहकका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताले अब कतै जानुपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो ।
सहकार्यअनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्नेछन् । पहिलोपटक डिम्याट खाता खोल्न सय रुपैयाँ र मेरो सेयरमा दर्ता हुन ५० रुपैयाँ लाग्ने गरेको छ । यसरी कुल एक सय ५० रुपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७.५० मा नै गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेल एपको माध्यमबाट ग्राहकले अनलाइनमार्फत् आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो सेयर नवीकरणलगायत केही समस्या र जिज्ञासा भए राख्न सक्ने बताइएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकलाई युज केसहरू अवसरका रूपमा प्रदान गरेर आर्थिक गतिविधि बढाउँदै बजार चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पना साकार पार्न योगदान पुर्याउन तत्पर छौँ, आमउपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेका बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा हामी उत्साहित छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच