हावाहुरीले रुखको हाँगा खसेर च्यापिँदा एक बालिकाको मृत्यु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ ।

टीकापुरनगरपालिका-१ बिशालनगरकी १५ वर्षीया प्याउरी बि.कको बुधवार राती मृत्यु भएको हो ।

हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?