सर्लाही । सर्लाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीको संयुक्त टोलीले नारायणखोलास्थित डाइनी खोला भन्दा माथि लङ्गुर डाँडाबाट १६ क्विन्टल १२ केजी ८५० ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले सर्लाहीको दुर्गम चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । लङ्गुर डाँडास्थित दुईवटा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
गाँजा नियन्त्रणमा लिन प्रहरी उपरीक्षक सिंहकै नेतृत्वमा ८० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षक रोहितकुमार घिमिरेको नेतृत्वमा ४५ जना सशस्त्र प्रहरीको टोली नारायणखोला पुगेको थियो । सो स्थानबाट १६ क्विन्टल १२ केजी ८५० ग्राम गाँजासहित गाँजा राख्न प्रयोग गरिएको १६ थान टिनको ड्रम र एक थान गाँजा च्याप्ने मेशिन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा बरामद गर्न चलाएको ‘अपरेशन’ बारे आज इलाका प्रहरी कार्यालय लालबन्दीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रहरी उपरीक्षक सिंहले हिजो अपरान्ह ४ः३० बजेदेखि आज बिहानसम्म लगाएर लङ्गुर डाँडामा रहेका ती दुई घर, घरनजिकको शौचालयमा लुकाइ राखिएको गाँजा बरामद गरेर लालबन्दी ल्याइएको बताउनुभएको छ ।
प्रहरी टोली पुग्दा घरमा कोही व्यक्ति फेला नपरेका प्रहरीले जनाएको छ । गाँजा बरामद भएको स्थान लालबन्दी बजारबाट करिव २२ किलोमिटर उत्तर चुरेभेगमा पर्छ ।
बरामद गरिएको गाँजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच