काठमाडौं । विद्यार्थीहरूका लागि नोबेल पुरस्कारका रूपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीनजना नेपाली विद्यार्थीको टोली बिहीबार भारतको मुम्बई गएका छन् । हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो । भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरमा सिभिल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरू लजिता भट्ट, लिजा तामाङ र संयम मानन्धर प्रतिस्पर्धामा भाग लिन त्यहाँं जानुभएको छ ।
विद्यार्थीको बिदाइ तथा शुभकामना दिन बुधबार कलेजले कार्यक्रम गरेको थियो । कलेजका अनुसार उनीहरू तीनजनाको समूहले तीन दिनसम्म त्यहाँं आफूभित्र रहेका नयाँं आइडियालाई प्रस्तुत गर्नेछन् ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इञ्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि गएका हुन् । त्यहाँंबाट उत्कृष्ट भए उनीहरू अर्काे तहको प्रतिस्पर्धाका लागि बेलायतको लण्डन जान पाउनेछन् ।
प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । विद्यार्थीहरूका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच