सिन्धुलीमा स्थानीय उत्पादन प्रर्दशनी कार्यक्रम (तस्वीरसहित)

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुलीले स्थानीय उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार आठौँ उद्योग दिवसको उपलक्ष्यमा स्थानीय कृषि उत्पादन तथा लद्यु उद्यमसँग सम्बन्धित वस्तुहरुको प्रर्दशनी गरिएको हो ।
स्थानीय उत्पादनको प्रर्वद्धन र बजारीकरणमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम अन्र्तगत उद्यमीहरुले कार्यालयको प्राङ्गणमै आफ्ना उद्योगहरुको उत्पादन प्रर्दशनीमा राखेका थिए ।

औद्योगिक लगानी र पुर्वाधार 

समृद्धिको बलियो आधार भन्ने मुख्य नाराकासाथ देशभर विभिन्न कार्यक्रम गरेर उद्योग दिवस मनाइयो । सोहीअनुसार सिन्धुलीमा पनि एक दिने स्थानीय उत्पादन प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रविण श्रेष्ठले बताउनुभयो ।

यस्ता कार्यक्रमले स्थानीय उत्पादन, स्थानीय उद्यम र उद्यमीलाई टेवा पुग्ने उहाँको बुझाई छ । जिल्लाका स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उद्यम व्यवसायलाई प्रर्वद्धन र प्रचारप्रचार गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘उद्यमीहरुलाई हौसला प्रदान गर्ने तथा उद्योगहरुको प्रवर्धन गर्न यस कार्यक्रमले सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो ।

shindhuli 1 pradarshani

उद्यमीहरुले प्रर्दशनी राखेका कृषिजन्य, खाद्यजन्य, दुग्घजन्य लगायतका स्थानीय उत्पादनहरु जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा कर्मचारीले अवलोकन गरेको थिए । अन्य स्थानीयबासी तथा उपभोक्ताहरु पनी प्रर्दशनी कार्यक्रममा सहभागि भएका उहाँले बताउनुभयो । उहाँकाअनुसार स्थानीय उत्पादनको प्रर्दशनी कार्यक्रममा १४ वटा स्टलहरुमा राखिएको थियो ।

2 pradarshani
प्रर्दशनी कार्यक्रममा सहभागि हुनुभएका जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले उद्यम क्षेत्रको विकासका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यस्तै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जिल्लालाई चिनाउने कार्यमा सक्रिय उद्यमीहरुको मेहनतको नगरले कदर गर्ने बताउनुभयो । साना उद्योगहरुलाई प्रोत्साहन मिल्नेगरी काम गर्छु । उद्यमबाट उत्पादन र आयस्रोत बढाई बेरोजगारी हटाउने कार्यमा उद्यमीहरुसँग सहकार्य गर्छु,’ उहाँले प्रर्दशनीमा उपस्थित उद्यमीहरुसँग प्रतिवद्ध गर्नुभयो ।

4 pradarsani

कमलामाई नगरपालिका–५ मघुटारमा गृहणी खाद्यन्न मसला उद्योग सञ्चालन गर्दै आउनु भएका गणेश प्रसाद घिमिरेले पनि कार्यालयले निशुल्क उपलब्ध गराएको एउटा स्टलमा आफ्नो उद्योगमा उत्पादन भएका मसला र खाद्यन्नजन्य सामाग्रीहरु प्रर्दशनमा राख्नुभएको थियो । उहाँले प्रर्दशनी कार्यक्रमको प्रचारप्रसारमा कमी भएकाले यसको प्रभावकारीता सोचेजस्तो नभएको सुनाउनुभयो । यस्ता कार्यक्रमले उद्यमी, व्यवसायीका लागि फाईदा पुग्ने उहाँको बुझाई छ ।

5 pradarsani

सौगात गृह तथा सातु उद्योगकी सञ्चालक विमला थापाले छोटो अवधिको प्रर्दशनी कार्यक्रमले पनि उद्यम–उद्यमीबीच चिनजान भएको, स्थानीय उद्योगका उत्पादन र वितरणका सम्बन्ध छलफल तथा अन्र्तक्रिया भएकाले कार्यक्रम उपलब्धिमुलक भएको सुनाउनुभयो । यस्ता खालका कार्यक्रम सरकारी स्तरबाट समयसमयमा भैरहे उद्यम क्षेत्रलाई सहयोग पुग्ने उहाँको भनाई छ ।

उहाँको उद्योगले स्थानीय स्तरको स्रोतसाधनबाट तयार गरिएका खुवा चकलेट, ललीपप, मसलाहरु, गुन्द्रक, जौको सातु फुरनदाना, पुष्टकारी, मस्यौरा, सर्वोत्तम पिठो, चना सातु, मकै, कोदो र फापरको पिठो, मकैको च्याँख्ला, बेसार, आलस र तिलको छोप, भटमास दिउल, दालका परिकारहरु लगायतका स्थानीय स्तरमा उत्पादित बस्तु तथा सामाग्रीहरु प्रर्दशनीमा राखेको थियो ।

pradarsani

उद्यमीहरुको छाता संगठनका रुपमा रहेको जिल्ला लद्यु उद्यमी सँघ सिन्धुलीकी अध्यक्ष रिता बोगटीले जिल्लाका स्थानीय तहमा भएका स्रोत र साधनलाई पहिचान गरेर उद्यमी बढाउने काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सँघले पाँचहजारभन्दा बढी उद्यमीहरुलाई उद्यम गर्न सहयोग गदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?