काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । विद्युतीय सवारी (इभी) र्यालीसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजनामा गरेको एक्स्पोको शुभारम्भ भएको हो ।
एक्स्पोका अवसरमा पेट्रोलियम आयात प्रतिस्थापन गर्न, विद्युत् खपत बढाउन विद्युतीय गाडी प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार बिहान इभी ¥याली गरिएको थियो । इभी र्यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई पनि अझै सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । हाइड्रो एक्स्पोका अवसरमा गरिएको इभी र्यालीले स्वदेशी विद्युत् खपत बढाउन तथा विद्युतीय सवारी प्रवद्र्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । हाइड्रो एक्स्पो नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी पनि उहाँले बताउनुभयो ।
इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको विद्युत् देशभित्रै खपत गर्न प्रोत्साहन गर्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताउनुभयो । सरकारले सन् २०३५ सम्ममा विद्युत् खपत १३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएकाले विद्युतीय सवारीको उपयोग बढाएमा लक्ष्य पूरा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी विद्युत् खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालका लागि उपयुक्त रहेको बताउनुभयो । आयोजकका अनुसार इभी र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, वानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो । र्यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । एक्स्पोमा पहिलो दिन तीन प्राविधिक सत्र आयोजना गरिएको छ ।
एक्स्पो बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वैशाख १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सयभन्दा बढी स्टल रहेका छन् ।
आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना छ । जसमध्ये १३ हजार पाँच सय मेगावाट देशभित्रै खपत गर्ने योजना छ । भारतमा १० हजार मेगावाट र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने तयारी छ । उक्त लक्ष्य हासिल गर्न २०३५ सम्म ४७ बिलियन अमेरिकी डलर लगानी आवश्यक पर्ने बताइएको छ । सोमध्ये २४ बिलियन डलर आन्तरिक र २३ बिलियन डलर प्रत्यक्ष वैदेशिक लगानी जुटाउने सरकारी योजना छ । हालसम्म जलविद्युत् क्षेत्रमा १२ बिलियन डलर लगानी भइसकेको अनुमान छ ।
नेपालले हाल भारतसँग अल्पकालीन र मध्यकालीन विद्युत् व्यापार गरिरहेको छ । अहिले छ सय ५६ मेगावाट विद्युत् भारतमा निर्यात गर्न आयोजना तोकेर स्वीकृति दिएको छ । त्यसमध्ये मध्यकालीन विद्युत् व्यापारका लागि एक सय १० मेगावाट पाँच वर्षका लागि वार्षिक पाँच महिना निर्यात हुने गरी सम्झौता कार्यान्वयनमा आइसकेको छ भने बाँकी पाँच सय ४६ मेगावाट भारतीय विद्युत्को एक्सचेञ्ज बजारमा नेपाल प्राधिकरणले बिक्री गर्दै आएको छ ।
त्रिपक्षीय व्यापारका सम्बन्धमा बंगलादेशका लागि ४० मेगावाट निर्यातका लागि विद्युत् खरिदबिक्री सम्झौताको मस्यौदामा नेपाल, भारत र बंगलादेश सहमत भइसकेका छन् । बंगलादेशमा विद्युत् निर्यात गर्नका लागि पर्याप्त प्रसारण लाइन छैन । तत्काल भारतीय प्रसारण लाइनको प्रयोग गरिए पनि दीर्घकालका लागि नेपाल र बंगलादेशले भारतसँग डेडिकेटेड प्रसारण लाइनका लागि त्रिदेशीय सम्झौता गरेर अघि बढ्नुपर्नेछ ।
राष्ट्रिय योजना आयोगले आगामी १६औँ पञ्चवर्षीय योजनामा पाँच वर्षभित्र विद्युत् निर्यात ५५ सय मेगावाट पु¥याउने र विद्युत् निर्यातमार्फत् ४१ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ । निर्माण तयारी अवस्थामा रहेका ९१ वटा आयोजनाको क्षमता एक हजार नौ सय दुर्ई मेगावाट रहेको छ भने ३० हजार सात सय ५० मेगावाटका पाँच सय ९७ आयोजना प्रक्रियामा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच