काठमाडौं । फुटबल क्लब एफसी चितवनले नेपालमा फुटबल खेलका विभिन्न आयामबारे सरोकारवालाबीच अन्तरक्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताका अवसरमा नेपाली फुटबलमा युवा प्रतिभा हुर्काउने र दिगो भविष्य निर्माणको पहलबारेमा छलफल आयोजना गरेको हो ।
अन्तरक्रियामा पाँच सयभन्दा बढी खेलाडी, विद्यार्थी र नेपाली फुटबलका सरोकारवाला सहभागी थिए । सो अवसरमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय तह, संघ संस्था, निजी संस्था र खेलाडीको भूमिकाबारे विभिन्न दृष्टिकोण प्रस्तुत भएका थिए ।
साथै विभिन्न सरोकारवालाबीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणाली पुनर्संरचना र नीति निर्माणमा खेलाडीको आवाजलाई समावेशलगायत विषय पनि छलफलमा उठेका आयोजकले जनाएको छ । खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथामलगायत विषयमा विज्ञले प्रस्तुति दिएका थिए ।
कार्यक्रमममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी संघका अध्यक्ष विक्रम लामाको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच