![दराज ‘६.६ मिड इयर सेल’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/daraz-.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदमा सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ । बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारीलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसैगरी बैंकले व्यक्तिगतरूपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच