
काठमाडौं । वातावरण दिवसका अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एकसाथ ७७ सय बिरुवा रोपण गर्न सहकार्य गरेका छन् । एक युवा, एक बिरुवा रोपण अभियान सुरुवात गर्दै एनसेल र परिषद्ले आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ का दिन देशभर बृहत्रूपमा वृक्षारोपण गर्ने भएका हुन् ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत परिषद्सँग गरेका समझदारीअनुरूप एक युवा एक बिरुवा रोपण अभियानमा प्रत्येक जिल्लाका सयजना युवाले एक बिरुवा रोपण गर्नेछन् । अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिने एनसेलले जनाएको छ । वृक्षारोपण गरिएका हरेक बिरुवा हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ ।
सामाजिक पहलअन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाको प्रतिभा विकासलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ । विश्व वातावरण दिवसका अवसरमा उक्त अभियान घोषणा गरिएको हो । एनसेलकी कर्पोरेट कम्युनिकेसन एण्ड सिएसआर प्रमुख विशाखालक्ष्मी खड्काले भन्नुभयो, ‘यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामीण परिवेशसम्म पुग्ने र आमजनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउँदा खुसी लागेको छ ।’ नेपालका युवाको बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी नेपाल सरकार, परिषद् र अन्य सरोकारवाला निकायसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ ।
सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताउनुभयो । यसअघि परिषद्ले एनसेलसँगको सहकार्यमा पाँचवटा प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच