छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै आठ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसंख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनसंख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लंघनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?