आइएसए र बोर्न टु हुप फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी राउण्ड रोविन लिगमा आइएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

आइएसए नेपालले बोर्न टु हुपलाई १३-७, बलर्स एकेडेमीलाई ६-२ र गोल्डेन बडलाई १३-२ ले पराजित गर्‍यो । बोर्न टु हुपले गोल्डेन बडलाई ७-५ तथा बलर्सलाई ११-८ ले हरायो । आइएसए नेपाल भने बोर्न टु हुपसँग १३-७ ले पछि पर्‍यो ।

ब्वाइजमा मनास्लु वल्र्ड कलेज, युजिए, ग्राण्डी, बोर्न टु हुप, जिपिएचएस, बलर्स एकेडेमी भिएस ‘ए’ र टिम कुमारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइजमा २२ टिम सहभागी छन् ।

दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार हात पार्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । नगद पुरस्कारबाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?