भोजपुरको टुँडिखेलमा रहेको नमुना बस्तीमा अकस्मात आगलागी भएपछि…

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामा रहेको स्थानीय टुँडिखेलमा रहेको नमुना बस्तीमाशुक्रवार बिहान अकस्मात आगलागी भएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रण र उद्धारको काम गरेका छन् ।

तर यो बास्तबिक घटना भने थिएन । दैवी प्रकोपका घटनाहरुमा बच्ने उपाय, उद्धार, राहत र प्राथमिक उपचारका बिषयमा जनचेतना फैलाउने उद्देश्यले गरिएको नमुना अभ्यास गरिएको हो । सो क्रममा पिडितलाई तत्काल गरिने उद्धार, आगलागी नियन्त्रणलगायतका बिषयमा अभ्यास गरिएको छ । आगलागी, बर्सेनी बाढीपहिरो, चट्याङ, दुर्घटना र महामारीलगायतका विपत्ती तथा प्रकोपले पुर्‍याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नु पर्ने कार्य र तयारीका बारेमा नेपाली सेनासँगको समन्वयमा डेमो प्रदर्शनी गरिएको छ ।

अभ्यासमा नेपाली सेनाको नयाँ श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोलीले अभ्यास गरेका थिए । आगलागी, बाढी पहिरोलगायतका बिपत्तका समयमा अपनाउनु पर्ने सजगता र विपत्ती आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पुर्याउने विधि बारेमा गरिएको नमुना अभ्यास प्रभावकारी हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।

भोजपुरको स्थानीय टुडिँखेलमा कृत्रिम पहिरो र आगालागी हुन सक्ने बस्ती बनाएर स्थानीय, विद्यालयमा अध्ययनरत विद्यार्थी, रेडक्रस, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागितामा अभ्यास गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?