ग्रामीण सडक निर्माणका लागी जनस्तरबाट सहयोग सङ्कलन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाका स्थानीय युवाहहरु जनस्तरबाट सहयोग सङ्कलन गरी ग्रामीण सडक निर्माणको अभियान जुटेका छन् । स्थानीय सरकार सञ्चालन हुनुपूर्व गोरेटो बाटोहरुमा आवात जावत गर्ने यहाँका नागरिक स्थानीय सरकार सञ्चालनपछि विकास निर्माणका कामहरुमा जुटेका हुन् ।

नरहरीनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँसम्म गाडी पुगे पनि पालिका र वडा जोड्ने ग्रामीण सडक भने अझै निर्माण हुन सकिरहेको छैन् । नौवटा वडा रहेको नरहरीनाथ गाउँपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ मा मात्रै गाडी पुगेको छ । बाँकी रहेको वडाहरुमा वडा नम्बर ४, ५ र ७ सम्मका वडाहरुमा सडक नै निर्माण गरिएको छैन् ।

नरहरीनाथ गाउँपालिका-५ का कमल बोगटीले ग्रामीण सडक निर्माणका लागि पटकपटक सरकारी निकायलाई आग्रह गर्दा पनि खासै चासो नदिएपछी जनस्तरबाट अभियान जुटाएर रकम सङ्कलनको अभियान थालिएको बताउनुभयो । “बोगटीले भन्नुभयो” ग्रामीण सडक निर्माणका लागि सरकारी निकायलाई दवाब दिने उद्देश्यले थालिएको अभियानमा पहिलो दिनमै २ लाख रकम जम्मा भएको र यो अभियानले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपाली कांग्रेस कालीकोटका उपसभापति तथा समाजसेवी मिनबहादुर बोगटीले केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्यव गर्दै युवाहरुले थालेको यो अभियानलाई अझै फराकिलो बनाउनमा आफूले पनि पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो वडा नम्बर ५ को रुप्सालाई सुदूरपश्मिको पर्यटकीय क्षेत्र रामारोशन जोड्नको लागि सहरी विकास मन्त्रालयबाट आफ्नो पहलमा २५ लाख रकम उपलब्ध गराइ काम सुरु भएको छ । यसमा पालिकाले पनि केहीँ बजेटको ब्यवस्थापन गरेको छ ।

पालिकादेखि वडा नम्बर-५ सम्मको ग्रामीण सडक निर्माण गर्न बजेट ब्यवस्थापनको लागि पनि विभिन्न मन्त्रालयसँग कुराकानी भइरहेको नेता बोगटीले जानकारी दिनुभयो । सहयोग सङ्कलन समितिका संयोजक मनबहादुर सहकारीले सरकारी निकायले बेवास्ता गरेपछि यो अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार यो अभियानमा सबै निकायको साथ र सहयोग भएमा अबको एक वर्षमा वडा नम्बर-५ सम्म मोटर पुर्‍याउने लक्ष्य छ ।

प्रसिद्ध धार्मीकस्थल बडिमालिका जान तिर्थयात्रुहरुलाई पनि सजिलो र छोटो बाटो हुने भएकाले यो अभियानमा सबैले साथ दिनहुँ सङ्कलन समितिका सदस्य डण्डमान बोगटीले आग्रह गर्नुभयो ।

स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैंले पनि भूमिका खेल्न आवश्यक रहेकाले तत्कालीन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य रहेको पत्रकार तथा नरहरिनाथ गाउँपालिका वडा नम्बर-५ रुप्साका स्थानीय रमेशकुमार बोगटीले बताउनुभयो ।

नरहरीनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलले ग्रामीण सडक निर्माण गर्न भौगोलिक कठिनाईले गर्दा सानो आकारको वजेटले काम नहुने भएकाले समस्या भएको बताउनुभयो । उहाँका अनुसार ठुला-ठुला चट्टान र पाखनलाई बलास्टिङ गर्नुपर्ने भएकाले केहीँ ढिलाई भएको छ, बलास्टिङको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटसँग कुराकानी भइरहेको र अब चाडै नै काम सुरु हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?