राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सकिने बताउनु भयो । उहाँले मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने नभइ आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी रहेको बताउनु भयो । उहाँले विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सक्दछौँ । यति बेला हाम्रो पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको छ । भर्खरै मात्र नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रश्तुत भएको छ । समाजवादको आधार तयार पार्ने सन्दर्भमा हाम्रो पार्टीले शान्तिपूर्ण प्रतिष्पर्धाका माध्यमबाट सरकार, सदन र सडकका सबै क्षेत्रबाट संघर्ष गर्ने नीति अख्तियार गर्दै आएको छ । यसका निम्ति सामाजिक क्षेत्रको भुमिका निर्णायक हुन जान्छ । हाम्रो मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने होइन, आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी छ । विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुुनपर्दछ ।’

प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई राजनैतिक र सामाजिक रुपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही प्रवृत्ति भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?