रणवीर र आलियालाई पुत्रीलाभ

Read Time = 1 min

मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा बाबु बन्नुभएको छ । एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा आलियाले आइतबार पहिलो सन्तानको रूमा छोरीलाई जन्म दिनुभएको हो । उहाँहरूले गत अप्रिलमा विवाह गर्नुभएको थियो । आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिनुभएको हो ।

छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्वीरसहितको पोस्ट सेयर गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ । उनी जादुले भरिएकी छन् । हामी आधिकारिक रुपमा मायाले ओतप्रोत भएका छौं । भाग्यमानी आमा–बुबा ।’ उहाँको यो पोष्टमा धेरैले बधाई दिएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?