काठमाडौं । बास्केटबल खेलाडी अनुसा मल्लले ग्रिसको ओलम्पियामा हुने ६४औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिने हुनुभएको छ । महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुने जनाइएको छ । त्यस क्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्ने छन् । यस्तै अन्य सहभागीलाई नेपालको खेलकुदको स्थितिबारे जानकारी दिनुहुनेछ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक समारोहबीच खेलाडीलाई बिदाइ गर्नुभएको छ । कार्यक्रम जुन ८ देखि २१ सम्म हुनेछ र यसमा विश्वभरका २०-४० वर्षका युवा खेलाडीको सहभागिता रहनेछ । ओलम्पिकको सुरुवात ग्रिसबाट भएको इतिहास छ र आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रिसमै सन् १८९६ मा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच