काठमाडौँ । नेपाली सेनाका सिपाही हरिचन्द्र गिरीले पाँचौं गिनिज बुक अफ रेकर्ड राखेका छन् ।
गिरीले पाँचौ पटक ‘मस्ट स्किप्स अन अपराइट टायर इन वान मिनट–२०२४’ शीर्षकमा विश्व रेकर्ड राखेका हुन् ।
सेनामा ११ औँ वर्षमा सेवा गरिरहेका गिरीले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मिनेटमा १२० पटक स्किपिङ खेलेर रेकर्ड बनाउन सफल भएका हुन् ।
दाङको राप्ती गाउँपालिका–४ का स्थानीय गिरीले यसअघि चारवटा विश्व कीर्तिमान राखेका थिए ।
यसअघि हातले टेकेर भर्याङको ५० खुड्किला १२ दशमलव ६५ सेकेन्डमा पुरा गरेर उनले स्विट्जरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्ड ब्रेक गरे ।
२०२२ मा उनले आफ्नो खुट्टाको बिचमा फुटबल हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाए ।
गिरीले आफ्नो खुट्टाबिचको फुटबलको साथ हातले सबैभन्दा छिटो १० मिटर हिँडेर कीर्तिमान कायम गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच