काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।
पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लव बुटवललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।
शनिवार नै भएको पुरुष तर्फको फाइनल खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ । गण्डकी प्रदेशलाई हेल्प नेपालले ३—१ ले पराजित गरेको हो ।
गण्डकीलाई हेल्प नेपालले २५—२२, २५—२०, २५—२०, २५—२० को सेटमा पराजित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच