![शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैन : मन्त्री बुढा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/dhan-bahadur-budha.jpg)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराउनु भयो ।
उहाँले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउनु भयो । मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गर्नुभयो । उहाँले उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघ, संस्थालाई निर्देशन दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘सरकार वैदेशिक अनुदानमा, वैदेशिक ऋणमा चलिराखेको छ । सरकारको निकाय हो समाज कल्याण परिषद । त्यसले विभिन्न खालको आईएनजिओबाट पैसा लिईरहेको छ भने हामीले हाम्रो राष्ट्र र जनताको हित विपरित हुने गरेर ऋण लिनुहुँदैन । त्यो शर्त हामीले मान्नु हुँदैन । हाम्रो देश र जनताको पक्षमा भएको यदि कुनैपनि समाजवादी राष्ट्र, सामाजिक संघ, संस्थाहरुले फण्डिङ गर्छन भने त्यसलाई अछुतको व्यवहार पनि गर्नुहुँदैन । त्यतातिर ध्यान दिन आवश्यक छ । अहिले जतिपनि बजेटको प्राथमिकीकरणको कुरा गर्नुभयो । म के आग्रह गर्न चाहन्छु भने तपाईहरुले जुन संघ, संस्था बनाउँदै हुनुहुन्छ, पालिकामा जाँदै हुनुहुन्छ भने, प्रदेश जाँदै हुनुहुन्छ भने अहिले बजेटमा पुन ५ वटा प्राधिमिकीकरणको कुरा गरेका छौं । अहिले समृद्धिको योजनामा हामीले के भनेका छौ भने–सबभन्दा हाम्रो बेस कृषि हो भनेका छौं । कृषि भनिरहँदाखेरी त्यसको उत्पादन बढाउने गरी बजेट परिचालन गर्न सक्नुपर्दछ । कृषिका कार्यक्रम कसरी चलाउने ? हामीले बढि उत्पादनमा ध्यान दिनु पर्छ । त्यसपछि हामीले हस्तक्षेपकारी आयोजना भनेर ऊर्जा भनेका छौं । ऊर्जाको उत्पादन वृद्धि गरेर देशलाई कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने विषयमा पनि कामलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ । र, सरकारले तेस्रो हस्तक्षेपकारी योजनामा सुचना र प्रविधिलाई अगाडि सारेको छ । अहिले प्रधानमन्त्रीले भनिराख्नु भएको छ–हामीले वेश कृषिलाई बनाउने हो । तर लिड सुचना, प्रविधिले गर्नुपर्छ ।’
मन्त्री शर्माले समाज कल्याण परिषदले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनैपनि सहायता लिन नहुने स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच