झापा । सीमावर्ती बजार भारतको दिघलबैंकबाट ल्याएको नभाकर नाम लेखिएको बोराको नुन खुवाउँदा झापा शिवसताक्षी नगरपालिका ४ बोलोचोकका एक किसानको दुईवटा गाई ठहरै भएका छन् । घटना शुक्रबार दिउँसोको हो ।
स्थानीय शोभा ताजपुरियाले सो नुन खुवाए लगत्तै गाई मरेको बताउनुभयो । 'मैले पानीमा घोलेर खुवाएकी थिएँ, पानी खाने बित्तिकै गाई काम्न थाले, हेर्दाहेर्दै गाई ढले, दुबै गाई गर्भीणी थिए, एकैछिनमा मरे ।'
आफूले गाईलाई खुवाएको नुनको बोरामा रहेको प्याकेटमा नभाकर आयोडिन नुन लेखिएको शोभाले सुनाउनुभयो । दुईवटा गर्भीणी गाई मरेपछि तनावमा देखिएकी ताजपुरियाले आफ्नो ठूलो नोक्सान भएको दुखेसो गर्नुभयो ।
नुन खुवाउने बित्तिकै गाई मरेको खबर पाएपछि नगरपालिकाकी उपप्रमुख नरमाया कार्की पशु चिकित्सक लिएर ताजपुरियाको घर पुग्नु भएको थियोे। उपप्रमुख कार्कीले नुनको प्याकेट निरीक्षण गरेर फर्किनु भएको थियोे।
गाईलाई पानी खुवाउन प्रयोग गरिएको भाडोमा नुन केही मात्रामा पग्लन बाँकी रहेको भेटिएको नगर उपप्रमुख कार्कीले जानकारी दिनुभयो । गाई मर्नुको कारण पत्ता लगाउन पशु चिकित्सकलाई आफूले भनेको उपप्रमुख कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच