शैक्षिक सत्र शुरु भएको तीन महिना बित्दा पनि पाएनन् विद्यार्थीले पुस्तक

Read Time = 4 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि अझै पाठ्यपुस्तक पाएका छैनन् ।

नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत नवलपरासीको बर्दघाटमा विद्यार्थीहरूले नया पाठ्यपुस्तक पाउन सकेका छैनन्। यस वर्षको शैक्षिक सत्र बैशाखको १ गते शुरु भए पनि यहाँका आधारभूत तहका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसङ्गै बैशाखमा नै पाठ्यपुस्तकको माग गरिएपनी अहिले सम्म आएको छैन शिरोमणि प्राथमिक विद्यालयकि प्राध्यानाध्यपक सरस्वती खनाल यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ ' मैले धेरै पटक किताब आयो कि भनेर शिक्षा शाखामा बुझे अब केहि दिनमा आउछ भन्नू भएको छ ।'

पटक पटक नगरमा विद्यार्थीहरुको खबर गर्दा पनि नगरले अबको केही दिनमा आउछ भन्ने गरेको छ । शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि नगरको केहि दिन आएको भने छैन । बर्दघाट नगरपालिकाले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरु सङ्ग माग गरेको थियो । बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने गरि काम गरिएको सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङले बताउनु भयो । उहाँ भन्नुहुन्छ' हामीले शैक्षिक सत्रको सुरुबातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् म तुरुन्त शिक्षा शाखामा बुझ्छु ।'

शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरुले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने तेति चासो नदिएको देखिएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । उहाँ भन्नू हुन्छ ' सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु ।' पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थिले पाठ्यपुस्तक पाएका छैनन् ।

न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउण्ट एभरेस्टमा कक्षा ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् ।

पटक पटक नगरमा पाठ्यपुस्तकका बिषयमा बुझेको माउण्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राध्यानाध्यापक सन्जय ढुंगानाले बताउनु भयो । उहाँ भन्नुहुन्छ 'दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको बिषयमा बुझेको अहिले सम्म आएको छैन । दुई चार दिनमा नै आउछ भन्नू भएको अहिले १५र१६ दिन भो अहिले सम्म पनि आएको छैन ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?