एभेन्सलाई जिनियस फुटसल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एभेन्सले दोस्रो जिनियस कप यू-१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई तीन-शुन्य गोलले पराजित गर्‍यो । विजयी टिमका लागि सक्षम खरेलले दुई तथा विरल थापाले एक गोल गर्नुभयो ।

प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो । एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिनुभयो । युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्नुभयो । उहाँले प्रतियोगिताभर ११ गोल गर्नुभयो । युरो स्कुल, कोटेश्वरले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप बज्राचार्य, प्रतियोगिता संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एकदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?