काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ लगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली बुधबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिएको थियो । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गर्नुभएको थियो । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।
चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो । त्यतिबेला नेपाल र चीनका नाकाहरू सञ्चालन गर्ने, सिमानाका पूर्वाधारहरू व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नै २७ कात्तिकबाट मुस्ताङको कोरला नाका खुल्दै छ ।
वाङले बुधबार उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नुभएको छ । बिहीबार उहाँले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम छ । साथै अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ ।
चिनियाँ नेता वाङ २४ कात्तिकमा पोखरा जानुहुने छ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उहाँको भेटवार्ता हुनेछ । सोही साँझ मुख्यमन्त्री पाण्डेले उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ । पोखरामा रहँदा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।
२५ कात्तिकमा काठमाडौं फर्केपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने, २६ कात्तिकमा भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गर्नुहुने छ । त्यसपछि उहाँ श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच