काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियारले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको हो ।
तत्कालीन पर्यटन मन्त्री शाहीसहित सचिव शंकरप्रसाद अधिकारी, वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकार लगायत ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सो प्रकरणमा तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रहेका सुबास रिजाल र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन छन् ।
यस्तै निगम सञ्चालक समितिका तत्कालीन सदस्य तथा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना, सदस्यहरू सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन प्रकाश सिटौला, अच्युतराज पहाडीलाई पनि मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार यसै प्रकरणमा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा, निमित्त निर्देशक प्रभाषकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेती छन् ।
मुद्दा दायर गरिएका अन्यमा निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ, निमित्त निर्देशक रवीन्द्र कुमार शेरचन, कामु निर्देशक उपेन्द्र पौडेल, रविन्द्र श्रेष्ठ, निर्देशक श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधर छन् ।
विदेशी आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि बेलायत निवासी दीपक शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएका मध्ये ८ जना विदेशी नागरिक हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच