पोखरीमा डुबेर इलाममा २६ वर्षीय युवतीको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

इलाम । इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।

आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?