काठमाडौं । मकवानपुरको टिस्टुङस्थित ओम अध्याय रिट्रिट रिसोर्टले समर सप्ताह आयोजना गर्ने भएको छ । असार १ गतेदेखि ६ गतेसम्म समर सप्ताह आयोजना गरिने रिसोर्टले जनाएको छ ।
मकवानपुरको थाहा नगरपालिका ६ मा रहेको रिसोर्टले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत समर सप्ताह आयोजना गर्न लागेको रिसोर्ट सञ्चालक अर्जुनसिंह ठकुरीले बताउनुभएको छ ।
समर सप्ताहअन्तर्गत काठमाडौंदेखि टिस्टुङ निःशुल्क यातायात सुविधाका साथै रिसोर्टमा निःशुल्क स्विमिङसमेतको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ । निःशुल्क बस बिहानको आठ बजे काठमाडौंबाट छुट्नेछ भने झण्डै डेढ घण्टामा टिस्टुङ पुगिनेछ ।
साँझ पाँच बजे सोही बसमार्फत् काठमाडौंसम्म फर्कने व्यवस्था रिसोर्टले गरेको छ । रिसोर्टमा उपलब्ध सबै प्याकेजमा पनि ३० प्रतिशत छुट प्रदान गरिने रिसोर्टले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच