हामी मानव हौं । मनुुका सन्तान भएकाले मानव मानिएका हौं हामी । सृष्टिका क्रममा देखिएको आध्यात्मिक आधार र त्यसले बाहिर ल्याउने सन्देशका आधारमा नै हामीलाई मानिस वा मानव मानिएको हो । मानवमा हुनुपर्ने गुण मानवता हो । मानवता भएन भने हामी र पशुुमा कुनै भिन्नता रहन सक्दैन । यही मानवताका नाताले हामी संसारमा परिचित छौं र परिचित रहने नै छौं सधैंभरि । मानिसमा हुनुपर्ने मानवीय भावनाले हामीलाई मानव बनाएको हो । आफ्ना सन्तानलाई मनुुले मनुुस्मृतिका माध्यमबाट गर्नुुपर्ने सबै कर्मको लेखाजोखा बताएका छन् ।
त्यस बेला हाम्रा ऋषिहरूले दिएका वचन नै कानुुनका रूपमा मानिने गर्दथे । तत्कालीन शासकले विद्वान् र ऋषिपरम्पराको सम्मान गर्दथ्यो तर आजको अवस्था त्यो रहेन । मनुुले तत्कालीन कानुुनको व्यवस्थालाई धराशायी हुन दिएनन् । ती कानुुनका मूल मान्यता थिए, मन्त्र थिए । त्यो बेलाका शासक र जनताका लागि । संसारमा रहेका देशको शासन व्यवस्थालाई जीवन्त राख्ने आधार शासकले दिने दण्ड हो । यदि शासकले दण्डदिन सकेन भने शासकीय व्यवस्था नै धराशायी हुने अवस्थामा रहेको हुन्छ ।
त्यसैले शासनको पहिलो आधार कानुुनले अपराध अनुुसार दिने दण्ड नै हो । दण्डविनाको व्यवस्था धेरै समय शासनमा रहन सक्दैन । दण्डहीनताका माध्यमबाट चलाइने शासनमा शासकको अवस्था निकै कमजोर हुने गरेको हुन्छ । त्यसैले कानुुनीराज्यमा कानुुनका मातहतमा सबै व्यक्ति साना वा ठूला आउने गरेका हुन्छन् । यही कारणले शासनको मूल आधार दण्ड मानिएको हो ।
दण्डहीनता किन ?
नेपाल सार्वभौमसत्ता सम्पन्न मुुलुुक हो । यो मुलुुक आजसम्म कसैको गुुलाम पनि भएन र कसैको उपनिवेशमा रहनुु पनि परेन । यो देशको शासन परिवर्तनमा जेजति गरे नेपाली जनताले नै गरे । जनतालाई साथ दिन र उनीहरूलाई मार्गनिर्देश गर्न राजनीतिक दलको आवश्यकता पक्कै पनि प¥यो । तर, परिवर्तनको आधार नेता र पार्टी भए पनि संवाहक भने जनता नै हुन् । नेपाली जनताको समर्पण र उनीहरूको बलिदानबाट आज हामी गणतन्त्रको वकालत गरिरहेका छौं ।
गणतन्त्रको जग र गणतन्त्रलाई जीवन्त तथा बलियो बनाउन चालेका हरेक कदम नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि मानिएको हो । तर आज अवस्था भिन्न बनेको देखियो । सुुशासनको औषधि दण्ड हो । दण्डको व्यवस्था भएन भने राज्यमा अराजकताको अवस्था सिर्जनो हुन्छ ।
गणतन्त्रको जग र गणतन्त्रलाई जीवन्त तथा बलियो बनाउन चालेका हरेक कदम नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि मानिएको हो । तर, आजको अवस्था भिन्न बनेर आएको देखियो । देशमा सुुशासनको अचुुक औषधि दण्डको व्यवस्थालाई मानिएको छ । यदि दण्डको व्यवस्था भएन भने राज्यमा अराजकता र दण्डहीनताको अवस्था सिर्जना हुने गरेको हुन्छ ।
स राजा पुुरुषो दण्डः स नेता शासिता च सः
चतुुुर्णामाश्रमाणां च धर्मस्य प्रतिभूूः स्मृतः ।।
त्यही दण्ड प्रधान सेवक हो । पुुरुष पनि त्यही हो । दण्ड नै नेता हो । त्यही नै शासक हो । समाजको व्यवस्थापनका लागि गरिएका चार आश्रम (ब्रहृमचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास) आश्रमको विचलनको निरोधक पनि त्यही दण्ड हो । यदि दण्डको व्यवस्था वा कानुुनी राज्यको अवधारणाले पूर्णता पाएन भने राज्यमा अराजकता बढेर जाने कुरालाई मनुुले कति गतिलो तरिकाले भने । दण्डहीनताको अवस्था आउनुुको मुुख्य कारण नै कानुुनी राज्यको कमजोरी हो र कानुुन व्यवस्थाको फितलोपन हो । त्यही फितलोपनमा पैठाजोरी खेल्दै छ आज नेपाल । कानुुनी राज्यमा सबैको अवस्था समान हुनुुपर्दछ । कानुुनका नजरमा सबै समान हैसियतामा रहेका हुन्छन् । दण्डको व्यवस्थाका सन्दर्भमा र कानुुनी राज्यका सन्दर्भमा भनिएको छ ।
दण्डः शास्ति प्रजाः सर्वा दण्ड एवाद्रभिरक्षति
दण्डः सुुप्तेषुु जार्गति दण्डं धर्मं विदुर यथा ।।
दण्डले सबै जनतालाई कर्तव्यअकर्तव्यको जानकारी गराउँछ । दण्डले नै राज्यका सबै पक्षको रक्षा गरेको हुन्छ । जनता सुुुते पनि दण्ड जागिरहेको हुन्छ । बुुद्धिमानी मानिस दण्डलाई नै धर्म र शासनको रूपमा मानेका हुन्छन् । त्यसैले कानुुनी राज्यको बलियो अवस्था नै दण्ड हो । कानुुनको मूल आधार अपराध अनुुसारको सजाय हो । यदि अपराधीले दण्ड पाएनन भने कानुुनी राज्यको औचित्य समाप्त हुने कुरा मुख्यरूपमा मनुुले उठाएका छन् ।
देशको मूल कानुुनलाई संविधान भनिएको हुन्छ । तत्कालीन समयमा ऋषि मुुनिहरूका वाणी नै कानुुन हुने गर्दथे तर आजको अवस्था त्यो छैन । कानुुनको सम्मान र कानुुनी राज्यलाई जीवन्त दिन आउने आजको मूल कानुुनलाई संविधान भनिएको हो । हाम्रो देश नेपालमा पनि हामीले जनताबाट अनुुमोदन गरेको संविधान ल्यायौँ । त्यसको व्याख्या कम र अपव्याख्या बढी भएर नै कानुनी राज्यको खिल्ली उडाइएको छ । आज गणतन्त्र आएको सत्र वर्षमा पनि अराजकताले गाँजेको छ देशलाई । कहिलेसम्म यो अवस्था रहने । देशका प्रत्येक क्षेत्रमा दण्डहीनताले प्रश्रय पाएको देखिन्छ । किन यस्तो होला ? बुुझ्न सकिएको छैन ।
आगामी निर्वाचनमा यो आपराधिक जालो चिर्नेको जय हुुनेछ । जसले यो सङ्गठित अपराधको जालो समाप्त पार्न असहयोग गर्नेछ तिनीहरू इतिहासका पानामा मात्र सीमित रहनेछन् । यो सत्य र यथार्थ पनि हो । यसका लागि वर्तमान सरकारले कठोर निर्णय लिनुु आवश्यक देखिन्छ ।
शिक्षा क्षेत्र यही दण्डहीनता र नेता तथा पार्टीहरूको अदूूरदर्शिताका कारण क्षतविक्षत भइसक्यो । उच्च शिक्षाका लागि प्रत्येक वर्ष नयाँ–नयाँ नामका विश्वविद्यालय खुुलेका छन् । अध्ययन गर्ने जनशक्ति विदेश पलायन भएको छ । स्वास्थ्यमा लगानी व्यापारी घराना र नेताहरूको छ । नेपाली जनता उपचार नपाएर मरेका छन् । बजार केही संभ्रान्त घरानाका हातमा छ नेपाली महँगोमा किनेर खान बाध्य बनेका छन् । यो दण्डहीनता होइन त । दिन प्रतिदिन भ्रष्टाचारको जालो पसारिएको छ । देशको सुुरक्षा निकायले भ्रष्टाचारलाई चिर्न खोजिरहेको छ तर त्यही नाममा संसद चल्दैन । राज्यको उन्नति, प्रगति, विकासका लागि बहस हुने ठाउँ कुुतर्कले भरिएका भाषणमा बितेको छ । यसैलाई दण्डहीनताको चरम अवस्था मानिन्छ ।
कठोर निर्णय
देशका प्रधानमन्त्री तथा गृहमन्त्रीका अभिव्यक्तिहरू देश र नेपाली जनताका लागि केही हदसम्म सुुखद् बनेका छन् । मानव तस्करी (भुुटानी शरणार्थी), ललिता निवास र सुन तस्करीका सन्दर्भमा आएका अभिव्यक्तिले नेपालीमा एककिसिमको सुुखद अवस्था सिर्जना गरेको छ । सायद नेपालमा सङ्गठित अपराधलाई चिर्न यो सरकार सफल हुन्छ भन्ने आशा पलाएको छ । त्यो आशामात्र र अभिव्यक्ति मात्र नबनोस् । नेपालमा राजनीति गर्ने कुुनै दल र तिनका ठेकेदारलाई देश लुुट्ने अधिकार छैन । यो मुुलक सबै नेपालीको हो । देशको शासन चलाउने सन्दर्भमा गरिएका भ्रष्टाचारको जालो चिर्न यो सरकारले सक्यो भने उपलब्धि नै मान्नुुपर्ने हुुन्छ तर अपराधहरू बाहिर आउने गरेका प्रशस्त उदाहरण छन् ।
सङ्गठित वा कुुनै पार्टीको ठूलो नेता पर्ने भएकाले अपराधलाई सामसुुम पार्ने अधिकार कसैलाई पनि छैन । त्यसैले राज्यका सबै संयन्त्र प्रयोग गरेर भए पनि यो जालोलाई चिर्नुु आवश्यक मानिएको छ । अबको नेता भ्रष्टाचारी नहोस् । अबको नेपालमा सङ्गठित अपराध नहोस् । यो नेपाली जनताको चाहना हो । यो कुरालाई बोलेरमात्र होइन काम गरेर देखाउनु वर्तमान सरकारको चुनौती हो ।
दण्डको व्यवस्था कमजोर भएर नै राज्य कमजोर बनेको हो । आर्थिक अनियमितता नेपालीको पहिचान नै बनिसक्यो । विश्वकै इतिहासमा सबैभन्दा बढी युुवाशक्ति विदेश जाने देशका रूपमा नेपाल चिनिन थालिसक्यो । अध्ययनका लागि विदेश जाने र त्यहीँको नागरिक बनेर भिसा लगाएर नेपाली स्वदेश फिर्ने देशका रूपमा परिणत हुन थालिसक्यो । राजनीति गर्ने जुनसुुकै उमेरका व्यक्तिमा पनि धनको मोहले जरा गाडिसक्यो । यही कुरालाई सम्बोधन गर्दै मनुु भन्छन् :
समीक्ष्य स धताः सम्यक् सर्वा रञ्जयति प्रजाः
असमीक्ष्य प्रणीतस् तुु विनाशयति सर्वतः ।।
सबैलाई ध्यानमा राखेर चालिने दण्डले सबैको कल्याण गरेको हुन्छ । कसैलाई काखा र कसैलाई पाखा गरियो भने दण्डले सबैलाई विनाशको मार्गमा लैजान्छ । यही हो दण्डको मूल आधार र पहिचान पनि । यही आधारमा रहेर यदि दण्डहीनताको समाप्त र सङ्गठित अपराधको जालोलाई यो सरकारले चिर्न सक्यो भने देशको उपलब्धि नै मान्नुपर्ने देखिन्छ । यो वर्तमान सरकारको अग्निपरीक्षा पनि हो ।
नेपाली जनता भ्रष्टाचारी होइनन् । नेपाली जनताले त देशका भविष्य युुवापुस्तालाई स्वदेशमा देख्न चाहन्छ । मातृदेवो भवः, पितृदेवो भवः भनिने हाम्रो संस्कारमा वृद्ध बुुबा आमाले छोरा बुहारी, छोरी ज्वाइँ आफ्नै देशमा रमाउन सकूून् भन्ने चाहन्छन् । त्यो पूरा गर्नु ती आमाबाबाको कर्तव्य होइन । त्यो त सरकारको व्यवस्थापकीय पाटो हो । त्यो पाटोलाई पूरा गर्न भ्रष्टाचारको जालो अन्त्य हुनुुपर्दछ । त्यसका लागि राज्य संयन्त्रका सबै पक्षले कठोर निर्णय गर्नु आवश्यक देखिएको छ । वर्तमान गृहमन्त्रीको विगत कस्तो थियो थियो थाहा छैन । आगत कस्तो हुने जानकारी पनि छैन ।
तर, वर्तमानमा उनले चालेको कदम र साहसलाई सबैले सहयोग गर्नु अनिवार्य देखिएको छ । यो अपराधको जालोलाई चिरेर भ्रष्टाचारीलाई दण्ड दिन सक्ने हो भने युवामा आशा पलाउनेछ । राजनीति गर्ने व्यक्तिले आर्थिक अनियमितता गर्ने छैन । नेपाली जनताले धिक्कार्नेछन् तिनलाई जसले आजसम्म केही नगरी देश लुुटे । तिनीहरूको बिल्लीबाठ हुनेछ । यो वर्तमान सरकारको राजनीति इमानदारीता मानिनेछ ।
आजको नेपालको आवश्यकता यही नै हो । आगामी हुने निर्वाचनमा यो आपराधिक जालो चिर्नेको जय हुुनेछ । जसले यो सङ्गठित अपराधको जालो समाप्त पार्न असहयोग गर्नेछ तिनीहरू इतिहासका पानामा मात्र सीमित रहनेछन् । यो सत्य र यथार्थ पनि हो । यसका लागि वर्तमान सरकारले कठोर निर्णय लिनुु आवश्यक देखिन्छ । यदि यो मात्र गाला बजाउने भाषण र जनतालाई ढाँट्ने तथा मूर्ख बनाउने रणनीति हो भने तपाईंहरूले पनि आगामी निर्वाचनमा हविगत व्यहोर्नु पर्नेछ ।