इलाम । इलामको इलाम नगरपालिकाको चुरे क्षेत्रका बासिन्दाको प्रमुख नगदेवालीको रुपमा सुपारी खेती देखिएको छ । प्रशस्तै सुपारी उत्पादन हुन थालेपछी कृषकले मुख्य बालीकै रुपमा सुपारी खेत बारीमा लगाएका छन् ।
तराईको समतल भु–भाग देखि हिउ पर्ने उच्च हिमाली क्षेत्र रहेको इलाम नगरपालिकाको चुरे क्षेत्रमा अहिले व्यवसायिक रुपमा सुपारी लगाइएको छ । राम्रो उत्पादन हुने भएपछि नगरपालिका बडा न ११ मा पर्ने सोयाकको निरफुक,बेलासे सहित दक्षिणी क्षेत्रमा सुपारी खेती गरिएको हो ।
अझ पछिल्लो समय नगरपालिकाले पनि विउ विजनलगायत प्राविधिक सहयोग पुर्याउन थालेपछि कृषकले सुपारी खेती विस्तार गर्ने क्रम बढ्दो रहेको इलाम नगरपालिकाका प्रमुख केदार थापा ले बताउनुभयो ।
उहाँका अनुसार सुपारी खेतीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले पनि कृषकको आर्कषण बढेको हो । बहुवर्षे बालीको रुपमा सुपारी खेती गरेर एकै बोटबाट ३० केजी देखि ५० केजी सम्म सुपारी उत्पादन गर्न सकिने किसानहरुको अनुभव छ ।
चुरे क्षेत्रका किसानले बार्षिक रुपमा सुपारी बेचेर ५० हजार देखि ५ लाख सम्म आम्दानी गर्ने गरेका छन् । व्यपारीले बगानमा नै आएर खरिद गर्ने भएकाले सुपारीलाई बजारको चिन्ता छैन । अहिले घरेलु तथा साना उधोग कार्यालयले किसानहरुलाई सुपारी खेती समबन्धी तालिम प्रदान गरि उन्नत जातको बिरुवा समेत बितरणको कार्य गरिरहेको घरेलु तथा साना उधोग कार्यालय इलामका प्रमुख एकराज दाहालले बताउनुभयो ।
कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले कृषकको रोजाईमा परेको सुपारी खेतीबाट अझ आम्दानी बढाउन स्थानियस्तर मानै सुपारी प्रशोधन गरी विक्रि गर्न घरेलु उद्योग संचालन गर्न आवश्यक रहेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच