जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिका- १ बड्की गाउँका किसान विरबहादुर शाहीका १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाही शाहीका ४ वटा, जिर शाहीका ३ वटा भेडा मरेका हुन् ।
किसान विरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन् । भेडामा पातलो दिशा हुने, ज्वरो आउने, काप्ने र मर्ने समस्या भएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको ३ दिनभित्र करिब १० भेडा मरेका छन् । यता रोगको वारेमा के हो भन्ने बिषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयो ।
उहाँका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भईरहेको छ । औषधी अभावले हिमामा समस्या भईरहेको किसानको गुनासो बढरिहेको छ । उहाँले औषधी तथा थप प्राविधिकका लागि पशुअस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको जानकारी दिनुभयो । भेडा मर्नथालेपछि अहिले भेडा कालाकाटिया तिर सारिएको किसानले जनाएका छन् । जिल्ला स्थित पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले भेडाको रोग पत्ता लगाउन पालिका पशु प्रविधिकसंग समन्वय भइरहेको छ।
रोग पत्ता लागेपछि थप आवश्यक औषधी पठाइने कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो । पालिकाको स्थानीय तहमा रहेको पशु शाखाको समन्वयमा रोगको पहिचान गरि उपचार गरिने र औषधी, प्राविधिक पठाईने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच